सर्वोच्चले फेरि उल्टायो चिकित्सा शिक्षा अध्ययन संस्थानको निर्णय, के गर्लान गोविन्द केसी

एमबीबीएसमा दिइएको आरक्षित सिट सहुलियत सिटमा रुपान्तरण गर्ने आर्इओएमको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं, ३० पुस । डा. गाेविन्द केसीकाे अान्दाेलनसहित डिन विवादमा रहेकाे त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानकाे एउटा निर्णयलार्इ सर्वाेच्च अदालतले उल्टाइदिएकाे छ । यसअघि संस्थानका पूर्व डिन डा. शशी शर्माका बारेमा गरिएकाे निर्णयलार्इ पनि सर्वाेच्चले उल्टाएकाे थियाे । साेही कारण डा. शशी शर्मालार्इ पुनर्बहाली गरेपछि सर्वाेच्चका प्रधानन्यायाधिशका विरुद्ध कडा अभिव्यक्ति दिँदै डा. केसी फेरि अनसन बसेका थिए ।

त्याे विवाद कायम रहेकै बेला सर्वाेच्चले फेरि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को अर्काे निर्णयलार्इ उल्ट्याएकाे छ । एमबीबीएसको आरक्षित सिटलाई सहुलियतमा परिणत गर्ने सम्बन्धमा अार्इअाेएमले गरेकाे एउटा निर्णयलार्इ तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अाज आन्तरिम आदेश दिएको छ ।

यही पुस २५ गते आईओएमले एमविविएस अध्ययनका लागि ताेकिएकाे आरक्षित सिटमा त्यस्ताे निर्णय गरेकाे थियाे । अार्इअाेएमले यसअघि अाफैले एमविवविएस अध्ययन गर्न निर्धारण गरेको मापदण्ड पूरा हुन नसकेकाे भन्दै त्यसलार्इ सहुलियत सिटमा परीणत गर्ने र त्यसमा ओपन हाउस काउन्सिलिङमार्फत भर्ना गर्ने निर्णय गरेकाे थियाे । साेही निर्णयका अाधारमा अार्इअाेएमले सूचना समेत प्रकाशित गरेको थियो ।

अारक्षित काेटालार्इ सहुलियत सिटमा परिणत गर्ने अार्इअाेएमले गरेकाे उक्त निर्णय विरुद्ध अजयकुमार पासीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । साेही रिटका प्रारम्भिक सुनुवाई गर्दै सर्वाेच्चले त्यसलार्इ तत्काल राेक्न अादेश दिएकाे हाे ।

अाज अाइतबार बसेकाे सर्वाेच्चका न्यायाधिश मिरा खड्काको एकल इजलासले शिक्षा मन्त्रालय, आईओएम लगायतका विपक्षीसँग लिखित जवाफ समेत मागेको छ । सर्वाेच्चले दुबै पक्षलार्इ माघ ७ गते बहसमा बोलाएकाे छ । त्यतिबेलासम्मका लागि आईओएमको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेकाे छ ।

Loading...