तीन हजार आँखाका बिरामीको शल्यक्रिया

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका– १२ स्थित रुपनगरमा छ दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट करीब तीन हजार १६६ जनाको आँखा परिक्षण गरिएको छ ।

कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुपको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठानको सहयोगमा सञ्चालित उक्त शिविरमा एक हजार २५ जनामा मोतीयाबिन्दु भेटिएको र सबैको निःशुल्क शल्यक्रियासमेत गरिएको उपचार केन्द्रका प्रमुख डा नरेश शर्माले बताए ।

शिविरमा छालाका बिरामीको समेत उपचार गरिएको छ । शिविर अवधिभरि ४०० छालारोगका बिरामीले उपचार पाएका छन् । निःशुल्क रुपमा औषधिसमेत वितरण गरिएको स्थानीयवासी उत्तम आचार्यले बताए ।

गत मङ्सिर २९ गतेदेखि यही पुस ५ गतेसम्म चलेको शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका विशेषज्ञ डाक्टर र सिङ्गापुरका विशेषज्ञ डाक्टरद्वारा बिरामीको उपचार गरिएको थियो । नगर प्रमुख वसन्त कुमारले शिविरको अनुगमन गरी बिरामीको अवस्थाबारे जानकारी लिनुभएको थियो । पूर्व डिआइजी डा प्रेमलाल श्रेष्ठको पहलमा आँखा शिविर सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ ।

Loading...