विपक्षी खेलाडीको कपाल तानेपछि रोनाल्डोले पाए रातो कार्ड

२९ मिनेटमै मैदाबाट निकालिएपछि क्रिस्टियानाे राेनाल्डाेका फ्यान निरास, ३ खेल प्रतिबन्ध लाग्न सक्ने

एजेन्सी । रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका क्रिस्टियानाे राेनाल्डाेबाट उनका फ्यानहरुले गाेलकाे अाशा गरेका थिए । युभेन्टस पुगेपछि उनले कहिले गाेल गर्लान भनेर निकै चासाेका साथ पर्खेका उनका फ्यानका लागि निरासजनक खबर अाएकाे छ । राेनाल्डाे गाेल हाेइन राताे कार्ड पाएर केही खेलमा प्रतिबन्धमा पर्नसक्ने भएका छन् । राेनाल्डाेले विपक्षीका एक खेलाडीकाे कपाल नै तानेकाे भिडियाे यतिबेला निकै चर्चामा छ ।

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत भ्यालेन्सियाविरुद्ध युभेन्टसले खेलेकाे बुधबारकाे खेलमा राेनाल्डाेले रातो कार्ड पाए । यससँगै अब उनी केही खेल खेल्न नपाएका भएका छन् । सो खेलमा रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर जेसन मुरिल्लोको कपाल तानेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै खेलको २९ औं मिनेटमा मैदान बाहिर पठाएका थिए ।

यो रोनाल्डोको फुटबल करियरको ११ औं रातो कार्ड हो। रोनाल्डो बाहिरिएए १० खेलाडीमा सिमित युभेन्ट्र्सले सो खेलमा २-० को जीत हासिल गरेको थियो। समाचार एजेन्सीहरूका अनुसार रोनाल्डोलाई न्यूनतम १ तथा अधिक्तम ३ खेलसम्मको प्रतिबन्ध लाग्नसक्छ । यदि रोनाल्डोले कारवाहीका कारण ३ खेल गुमाए म्यानचेस्टर युनाइटेडविरुद्ध अक्टोबर २३ र नोभेम्बर ७ मा हुने खेल गुमाउनेछन्।

यदि उनलाई एक खेल प्रतिबन्ध लगाएको खण्डमा उनले योंग ब्वाइजविरुद्धको खेल्न पाउने छैनन्। युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रोनाल्डोलाई दिइएको रातो कार्डको छानविन थाल्दैछ । उनले एक खेलको प्रतिबन्धमाथि भने यूईएफएमा अपिल गर्न पाउने छैनन् । तर दुई वा सो भन्दा बढी खेल प्रतिबन्ध लागेमा उनले अपिल गर्न पाउने प्रावधान छ ।

हेर्नुहाेस भिडियाे

Loading...