एेतिहासिक दशअवतार बन्द हुने अवस्था

भाद्र ३० ,काठमाडौँ / प्रत्येक बर्ष भद्रशुक्ल द्वादशी बाट काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रमा आठ दिन सम्म देखाइने दशावतार आर्थिक अभावका कारण बन्द हुने अवस्थामा रहेको छ ।
काठमाडौँको दरवार सम्पदा क्षेत्रमा रहेको गद्दिबैथक अगाडी रहेको त्रैलोक्य नरायण देगलमा महाभारत ,रामायण तथा बिष्णु पुराणका मुख्य घटनाहरु स्थिरमुद्रमा देखाइने ”दशवतार ” १५ सय बर्ष एेतिहसिक मल्लकालिन देखिन चलिआएको जानकारहरु बताउछन ।
१४ बर्ष देखि दशअवतारा प्रबन्ध समाल्दै आएका राजन शाहीका अनुशार महाभूकम्प बात पूर्ण भत्केको देगल र संगै दशवतारमा प्रयोग गरिने सरसामान धेरै हराएको ,नासिएको कारण जेनतेन गरि चल्दै आएको हो । आर्थिक अभाव र सम्बन्धित निकायको बेवास्ता को बाबजुत अघिल्लो बर्ष सापत्ति ,सहयोगले धानि आएकोमा अब बन्द गर्नुको बिकल्प नरहेको बताउछन् ।
दैनिक आठ ,दश अवतर देखाउन पर्व अवधि भरि पचास भन्दा धेरै कलाकारहरुको सम्पूर्ण व्यबस्थापन दयनिय अवस्था बात गुज्रुदा अध्क्ष दिपक श्रेष्ठले कुनै चासो नदेखाउदा पर्ब मनाउन गठित इन्द्र जात्रा बवस्थापन समितिलाई आफुहरुले पटक पटक यस सम्बन्धि बिषयमा ध्यान आकर्षण गराउदासमेत बेवास्ता भएको दशवतार प्रदशन तथा प्रवन्ध समाजका अन्य सदस्यहरुको भनाइ रहेको छ ।

Loading...