लामो समय बोल्दै भारतीयको रेकर्ड तोडेर अर्का नेपालीले राखे गिनिज बुक रेकर्ड

काठमाडाैं । नेपालका अनन्तराम केसीले सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान राखेका छन् । विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ लगातार ९० घण्टा २ मिनेट बोल्दै केसीले विहिबार मध्य रात कीर्तिमान राखेका हुन ।

केसीको कीर्तिमान गिनिज वल्र्ड रेकर्डस्मा दर्ता भएको छ । यसअघि यो कीर्तिमान भारतका केपी भाल साराजानको नाममा थियो । उनले केही महिनाअघि ८१ घण्टा १६ मिनेट प्रवचन दिएर विश्व कीर्तिमान राखेका थिए ।

गिनिज वल्र्ड रेकर्डस्का प्रतिनिधि स्वप्निल डाङगारिकार, प्रदेश सभासद् जीवन डंगोल लगायतले विहिबार केसीलाई विश्व कीर्तिमान कायम गरे बापत गिनिज वल्र्ड रेकर्डसको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

राजधानीको गोकर्णेश्वर–५ स्थित इस्ट पोल स्कुलको हलमा सोमबार बिहानदेखि सुरु भएको प्रवचन विहिबार मध्य रातमा सम्पन्न भएको अभियानका संयोजक न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए । शिक्षण पेशा छाडेर केसी हाल अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा सक्रिय रहँदै आएका छन् ।

Loading...