सानिमा लाईफ इन्स्योरेन्स र नागरिक सामुदायिक शिक्षण अस्पतालबीच सम्झौता

काठमाडौँ । 

सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघरमा रहेको नागरिक कम्यूनिटी टिचिङ हस्पिटलसँग सम्झौता भएको छ ।

जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परिक्षण अब नागरिक कम्यूनिटी टिचिङ हस्पिटलले गर्ने भएको छ भने त्यसको सम्पुर्ण व्यवस्थापन सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले गर्ने छ ।

सम्झौतामा अस्पतालका तर्फबाट प्रवन्ध सञ्चालक नगेन्द्र झा र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सीले हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसँगको परामर्शमा अस्पतालले १५ प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका जीवन वीमाका ग्राहकहरु र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

Loading...