गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

काठमाडौं, १२ जेठ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताएका छन् ।

गैरआवासीय नेपालाी संघको प्रतिनिधिमण्डलसँग शुक्रबार आफ्नै कार्यकक्षमा छलफल गर्दै उनले गैरआवासीय नेपाली नागरिकलाई मुलुकको विकासमा सहभागी गराउन आफूले प्रयास गर्ने बताए ।

संघका अध्यक्ष भवन भट्टको नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको निर्माणको अभियानमा होमिएका गैरआवासीय नेपालीलाई नेपालको विकासमा साझेदारका रुपमा सहभागी गराउन आग्रह गरेका थिए ।

Loading...