नेपाली सेनाले भन्यो- राति १० बजेबाट जनधनको सुरक्षामा तैनाथ हुन्छौं

काठमाडौ । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि बढ्दै गएपछि नेपाली सेनासहितका अन्य सुरक्षा निकायलाई व्यापक रुपमा परिचालन गर्ने तयारी भएको छ। नेपाली सेनाले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थितिको बहानामा केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिलाई अत्यधिक क्षति पु¥याइरहेको जनाउँदै यस्ता गतिविधि नगर्न कडा अपील गरेको छ। […]

रबि भन्छन् : प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको हुँ, जेन-जीको नेतृत्व स्वीकारौँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् । नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए । सोमबारबाट उग्र भएको जेनजी प्रदर्शन मंगलबार झनै आक्रोशित बनेको थियो । सोही क्रममा लामिछाने पनि कारागारबाट बाहिरिएका थिए ।कारागारबाट निस्किएपछि […]

बालुवाटार छाडेर सेनाको ब्यारेकमा पुगे ओली

काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार छाडेर सेनाको ब्यारेकमा पुगेका छन् । उनले पदबाट राजीनामा दिएको केही समयपछि सरकारी निवास बालुवाटारमा आगजनी र तोडफोड भएको थियो । त्यसअघि नै ओली बालुवाटार छाडेर राजधानीकै बुढानीलकण्ठ नगरपालिकामा पर्ने शिवपुरी ब्यारेकमा गएको खुलेको छ । सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट उनी पत्नीसहित शिवपुरी गएका हुन् । उनलाई त्यहाँ […]

संवादमा आउन जेनजीलाई राष्ट्रपतिको अपिल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत जेनजी पुस्तालाई आपिल गरेका छन् । ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्तार संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन्। विषमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपतिले अनुरोध […]

निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु

काठमाडौं । निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएका थिए । जसमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको रेग्मीले जानकारी दिए । दुई जना घाइतेलाई भने थप उपचारका लागि अन्य अस्पताल रिफर गरिएको उनले बताए । यसअघि कालीमाटीमा प्रहरीको […]

सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन जेनजी आन्दोलनको अपिल

काठमाडौं । जेनजी आन्दोलनले आन्दोलनमा सहभागी सबैलाई संयमता अपनाउन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन आग्रह गरेको छ। आन्दोलनले जारी गरेको अपिल पत्रमा आन्दोलनकारीहरूको योगदानप्रति आभार व्यक्त गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। अपिल पत्रमा भनिएको छ, ‘हाम्रो आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकेको छ। प्रधानमन्त्री केपी ओलीले राजीनामा […]

बालेनको अपिल : अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो, घर फर्किनुस्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक आह्वान गर्दै बालेनले भनेका छन्, ‘ प्लिज जेनजी, देश तपाईँहरूकै हातमा हो । तपाईँहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।

जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए ।  उनले भने, ‘उहाँकी श्रीमतीको जिम्मामा अहिले रविलाई थुनमुक्त गरिएको छ ।’ 

राज्यका ३ वटै अङ्ग आन्दोलनकारीको नियन्त्रणमा, सबै सुरक्षा प्रमुखहरुले निकाले यस्तो बिज्ञप्ति

काठमाडौँ । सोमबारबाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन् । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन् । उनीहरुले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि […]

सेनासंग वार्ताका लागि तयार रहन जेनजीलाई बालेनकाे आह्वान

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमित रहन जेनजीलाई आह्वान गरेका छन् । मंगलबार काठमाडाैँ महानगरका मेयर बालेन शाहले फेसबुकमा लेख्दै भनेका छन्,’हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं […]