काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ । कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर अधिकांश बदली रहनेछ […]
२८ लाख धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सोमबार उच्च अदालत पाटनको माग बमोजिम दुई मुद्दामा २८ लाख धरौटी रकम बुझाउँदै उनी रिहा भएका हुन् । सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको […]
यस्ता छन् माओवादी केन्द्रको स्थायी समिति बैठकका २६ निर्णय
गत शुक्रबार देखि चारदिनसम्म चलेको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सोमबार सम्पन्न भएको छ । बैठकले पार्टीको संगठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको बताइएको छ । विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता आवश्यक रहेको मान्यता सबैले अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ। साथै, बैठकले निजी स्वार्थमा आधारित, पार्टी […]
सूर्यप्रसाद श्रेष्ठको ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन’ लोकार्पित
प्रधानमन्त्री निवास, बालुवाटारमा पूर्व प्रमुख निर्वाचन आयुक्त एवं पूर्व राजदुत सूर्यप्रसाद श्रेष्ठको कृति ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन’ को हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गरेका छन् । सो कृतिबारे वरिष्ठ अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक डा. गोपालकृष्ण सिवाकोटी, महिला अधिकार अभियन्ता मोहना अन्सारी र संविधानविद् प्रा.डा. विपिन अधिकारीले आआफ्नो समीक्षामक मन्तव्य राखेका थिए । कार्यक्रममा […]
सिंहदरवारसम्म कोदोको स्वाद, उहिले अभावको भोजन-अहिले सम्भ्रान्तको रोजाइ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले कोदोको महत्व र उत्पादन प्रवर्द्धनमा राज्यको ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजना गरिएको “कोदोको १० परिकारको डेमो प्रदर्शन समारोहमा” मा सहभागी हुँदै मन्त्री खड्काले कोदोजस्ता स्थानीय अन्नबालीको वैज्ञानिक संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान […]
कक्षा १२ मा करिब ४० प्रतिसत परीक्षार्थी असफल
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा २०८२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ नतिजा सार्वजनिक भएको हो । नतिजाअनुसार नियमिततर्फ कुल ३ लाख ९६ हजार ३ सय ४७ परीक्षार्थीमध्ये सबैभन्दा धेरै १ लाख ५३ हजार ८ सय ८२ जना (करिब ३९.५८ प्रतिशत) विद्यार्थी ‘एनजी’ अर्थात् Not Graded श्रेणीमा परेका छन्। […]
दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश
काठमाडौं । दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न उच्च अदालत, पाटनले आदेश गरेको छ । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्न आदेश भएको हो । उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो । उनी तत्काल निर्दोष […]
कक्षा १२ को नतिजा प्रकाशित : ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौँ । कक्षा १२ को नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । बोर्डका अनुसार ३८.८३ विद्यार्थीको एनजी(ननग्रेड) आएको छ । कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो ।परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ […]
विप्लव नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय, रोकेको अभियान भदौ १५ बाट सुरु हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता एकता गर्ने सहमति गरेको छ । मंगलबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिए । उनले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय पनि भएको छ । ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने […]
बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँले गरे दाबी पेस
हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् । सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा नेता बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा संसदीय दलको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख कार्यालयले सोमबार एक […]











