लागुऔषधसहित पाँच पक्राउ

तुलसीपुर, २७ असोज । दाङमा लागुऔषधसहित पाँचजनालाई आइतबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराईड क्याप्सुल आइपी तीन हजार ९७० क्याप्सुल, नाइट्राजिपाम ट्याब्लेट १० थान, लोराजिपाम इन्जेक्सन दुई […]

५० जना एसपीको भयो एकाएक सरुवा, को कहाँ परे हेर्नुहोस सूची

काठमाडौँ, १३ भदौ । नेपाल प्रहरीले आज ५० प्रहरी उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आजको निर्णयअनुसार विभिन्न जिल्लाका प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीका सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । विभिन्न जिल्ला प्रदेश प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबार, लागुऔषध नियन्त्रण ब्यूरो, […]

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

दमौली, २० साउन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित मादी पुल नजिक गए राति मोटरसाइकल दुर्घटना हँुदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने २० वर्षीय सुरेन्द्र रसाइली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यास नगरपालिका–५ चापाघाटबाट दमौलीतर्फ आउँदै गरेको ग ५ प २६३९ नं को मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार […]

प्रहरीको भेसमा आएका बन्दुकधारीले लुटे ३ अर्ब मुल्यको ७५० सुन

एजेन्सी । ब्राजिलमा बन्दुकधारीहरूले कम्तिमा तीन करोड डलर (करीब ३ अर्ब नेपाली रुपैयाँ) बराबरको ७५० किलोग्राम सुन लुटेका छन् । उनीहरुले प्रहरीको पोशाकमा आएर साओ पावलोस्थित ग्वारुलियोस विमानस्थलबाट उक्त सुन लगेका हुन्। उक्त सुन न्यूयोर्क र ज्यूरिक पुर्‍याउन लागिएको थियो। प्रहरीका अनुसार विमानस्थलका दुईजना कर्मचारीलाई बन्धक बनाएर उक्त सुन लगिएको हो । घटना बिहीवारको हो […]

मापसे गरेर सवारी चलाउने ४३९ चालकका लाइसेन्स निलम्बन

काठमाडौँ, १५ साउन । यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो । वि.सं. २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा […]

जिल्लाभर चोरी गर्ने सक्रिय गिरोह यसरी पर्यो प्रहरी फन्दामा

रुपन्देही, १३ साउन । रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जनाएको छ । पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने अब्दुल हमिद मुसलमान, शुद्धोदन गाउपालिका–६ का कालु मल्लाह, कञ्चन गाउँपालिका–५ का गगन गुरुङ, सम्मरबहादुर थापा, मानबहादुर भण्डारी, वडा […]

सशस्त्रले एकैसाथ गर्यो १५१ जना डीएसपीहरुको सरुवा (हेर्नुहोस सरुवा हुनेहरुको नामावली)

काठमाडौं, ८ साउन । सशस्त्र प्रहरीका १५१ डीएसपीको एकैपटक सरुवा भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । पत्रमा सशस्त्र प्रहरीले प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार उनीहरुको सरुवा गरिएको जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अभिलेख राख्न आग्रह गर्दै राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा उनीहरुले साउन […]

आइजीपी खनालले सरकारलाई वाइपास गरी भारतसँग ‘साँठगाँठ’ गरेको भन्दै छानविन

काठमाडौं, ३० असार । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले देशको परराष्ट्र नीति विपरित अन्तराष्ट्रिय मञ्चहरुमा गई मत दिने गरेको भन्दै छानविन गरेको छ । गृहमन्त्रालयले आईजीपी खनालको एक विदेश भ्रमण नै रोकेर छानविन गरेको बुझिएको छ । यसरी देशको सुरक्षा निकायको प्रमुखले देशको आधिकारिक नीति विपरित मत दिएका विरलै घटना छन् । आईजीपी खनालमाथि गृहले […]

प्रहरीले मिडियाको अधिकार छिन्न खोज्यो, स्रोत माग्ने अधिकार प्रहरीलाई छैन : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुने गरी पत्र काटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आम सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीका सम्बन्धमा […]

नेपालमा बसी लागूपदार्थ कारोबार र मान्छे मार्ने धन्धामा लागेका भारतीय गिरफ्तार

जनकपुरधाम, १८ कार्तिक । नेपालमा बसी विभिन्न अपराधिक क्रियाकलापमा सम्लग्न भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयको एक टोलीले अन्सारुल राइन नामक भारतीयलाई पक्राउ गरेको हो । पक्राउ परेका राइन लामो समयदेखि नेपालमा लागु पदार्थको कारोबारमा सम्लग्न भएको खुलेको छ । शुक्रबार पक्राउ पर्दा उनी ठूलो मात्रामा लागुपदार्थ ल्याएर भारतबाट नेपालतर्फ आउँदै […]