प्रचण्डलार्इ आइलाग्यो अर्को ठूलो झमेला

काठमाडौं, ९ माघ । पार्टीभित्रका अनेक झमेला मिलाउदा मिलाउँदा हैरान भएका माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ अर्काे झमेला अाइलागेकाे छ । राष्ट्रिय सभाकाे निर्वाचनमा पार्टीका तर्फबाट ककसलार्इ उम्मेदवार बनाउने भन्ने झमेला उनीमाथि अाइलागेकाे हाे । जनतामा जान नसक्ने तर प्रचण्डकै वरिपरि लुतीपुती गरेर पद हत्याउन मरिहत्ते गर्ने र पद नपाए प्रचण्डलार्इ नै गाली गर्नेहरुकाे […]

एमालेसँग पावर शेयरिङबारे कुरा मिलेन भने पार्टी एकता गर्नुको अर्थ हुँदैनः प्रचण्ड

काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग पार्टी एकताको लागि छलफल जारी रहेको बताएका छन् । मंगलबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । पार्टी एकतालाई जनताले अनुमोदन गरेको बताउँदै प्रचण्डले एकताको लागि अाफूहरु तयार भएको तर मुख्य नेतृत्वबारे मोटामोटी कुरा मिले पनि नटुंगिएको बताए । […]

निवासमै पुगेका रअका प्रमुखलार्इ प्रचण्डले भने, ‘एमालेले बखेडा नझिकेसम्म अर्को गठबन्धनतिर लाग्दिन’

काठमाडौं, १९ पुस । नेकपा एमाले-माओवादी केन्द्रबीच एकता र नयाँ सरकार गठनको बहस चलिरहेको छ । दुबै पार्टीका नेताहरु अागामी पार्टी नेतृत्वबारे छलफलमा व्यस्त छन् । छलफल पार्टीभित्र र दुबै पार्टीका नेताहरुबीच भइरहेको छ । यसैगरी नेपाली काँग्रेसले एमाले-माकेको गठबन्धन तोड्‍ने प्रयास गरिरहेको छ । उसले प्रचण्डलाई पाँच वर्षसम्म प्रधानमन्त्री बन्‍न अाग्रह गरिरहेको छ । […]

माओवादी केन्द्रको गोप्य बैठकले पार्टी एकता, प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्षबारे गर्यो यस्तो निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारिक बैठक मंगलबार दिउँसो सम्पन्न भएको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल भएको थियो । बैठकले आम जनताले अनुमोदन गरिसकेकाले पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने निर्णय भएको छ । ‘एमाले अध्यक्ष ओली […]

धेरै ल्याङल्याङ गरे एमालेलाई पाँच वर्ष घाममा सुकाइदिने माअाेवादी केन्द्रकाे चेतावनी

काठमाडाैं, १५ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता जति प्रचारमा आएको छ त्यो भन्दा पनि निकै सुस्त भएको छ । एकतालाई चुनावी नारा बनाएका एमाले र माकेका नेताहरु अहिले आन्तरिक कठिनाईको व्यवस्थापन गर्न व्यस्त छन् । एकताको एमाले पनि एकमत हुन सकेको छैन । माकेका केही प्रभावशाली नेताहरुले पार्टी छोडेको घोषणा गरिसकेका छन् […]

पहिलो दल बनेपछि माओवादीलाई धोका दिन एमालेले यस्तोसम्म गरेको खुलासा

काठमाडाैं, ९ पुस । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन्। शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले संघीय फोरमसँग एमालेका केही नेताले सरकार बनाउन प्रस्ताव राखेको, तर फोरम अध्यक्ष उपेन्द्र यादवले तालमेल गर्न […]

समानुपातिकमा प्रचण्डले छाने आफ्ना १५ महिला र २ पुरुष सांसद (को को परे हेर्नुहोस)

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको १७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले समानूपातिकतर्फका सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । प्रत्यक्ष र समानूपातिकको सिट संख्या जोडदा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ५३ जना सांसद हुने भएका छन् । प्रत्यक्षतर्फ तीनजना मात्र […]

माओवादी केन्द्रका दुर्इ पुरुषलार्इ मात्र समानुपातिकमा सिट, बाँकी सबै महिला पठाउनुपर्ने भएपछि ठूलो लफडा

Maoist-Office

काठमाडाैं, ६ मंसिर । प्रतिनिधिसभातर्फ समानुपातिकको सिट संख्या सार्वजनिक भएसँगै माओवादीमा खैलाबैला मच्चिएको छ । अनिवार्य रुपमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने भएका कारण समानुपातिकमा पुरुषलाई स्थान छैन । माओवादीले प्रत्यक्षबाट ३६ सिट जितेको छ भने समानुपातिकमा १५ सिट पाउनेछ । यस्तोमा १८ महिला हुनु आवश्यक छ । तर, प्रत्यक्षमा ३ महिलामात्र निर्वाचित भएका छन् […]

समानुपातिकमा थ्रेसहोल्ड कटाएका पाँच दललार्इ सिट बाँडफाँड हुँदै (हेर्नुहोस मत र सिटसहित)

काठमाडाैं, ४ पुस । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सम्पन्न गरेको छ । मतगणना सुरु भएको ११ दिनपछि आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सम्पन्न गरेको हो । आयोगका अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । राजनीतिक दलसम्बन्धीको ऐनअनुसार खसेको कूल सदर मतको ३ प्रतिशत मत […]

देउवाले प्रचण्डलार्इ पाँच वर्षकै लागि प्रधानमन्त्री बन्न अफर गरेको खुलासा

कांग्रेस र माअाेवादी मिलेर सरकार बनाउन देउवाले राखेकाे प्रस्ताव पार्टी एकताका लागि अस्वीकार गरेकाे प्रचण्ड दावी काठमाडाैं, ४ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार गरेको […]