धरान पिण्डेश्वर क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

विराटनगर, २५ साउन । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ । पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने […]