कर्णाली नदीदेखि शौचालय निर्माणसम्म घुस लिने ३ इन्जिनियर १५ लाख घुससहित रंगेहात फन्दामा

काठमाडौँ, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ। बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित शनिबार पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे। उनका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको […]

सबैभन्दा घुस लिएर रङ्गेहात पक्राउ पर्नेमा गृहमन्त्रालयका कर्मचारी : अख्तियारको रिपोर्ट

काठमाडौँ, ३ असार । गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा घुस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको तथ्याङ्कका आधारमा सो निष्कर्ष निकालिएको हो । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सो आवमा गृह प्रशासनतर्फका २७ निकायमा घुस लिएको अभियोगमा कर्मचारीलाई पक्राउ गरेको […]

कर्मचारीलाई पैसा खुवाएर तीनवटा ‘गोल्डमेडल’ लिने कोइराला ८० हजारमै छुटे

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई पैसा दिएर तीन वटा गोल्ड मेडल लिने सुरेन्द्र काेइरालालाइ ८० हजार धराैटीमै छुटेका छन् । बल्खुमा रहेकाे त्रिविकाे परिक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाइ ठूलाे रकम दिएर तीन वटा गाेल्ड मेडल लिएकाे खुलेपछि काेइराला पक्राउ परेका थिए । विषेश अदालतले अधिवक्तासमेत रहेका कोइरालासँग ८० हजार रुपैयाँ धरौटी मागेको हो। परिक्षा नियन्त्रण कार्यालयको […]

सिंहदरवार गेटमै समातिए सरकारी छाप र दस्तखत किर्ते गर्ने जोडी

काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलीखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजन कुमार थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सरकारी छाप र दस्तखत किर्ते गर्ने व्यक्ति रहेको भन्ने […]

विप्लवका दुई केन्द्रीय सदस्य गिरफ्तार

काठमाडौं, ६ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्य गिरफ्तार भएका छन् । सो पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली आदर्श र चन्द्रबहादुर खड्का असललाई प्रहरीले दाङबाट गिरफ्तार गरेको हो । रोल्पा घर भएका ओली सो पार्टीका न्याय विभाग प्रमुख समेत हुन । त्यस्तै सल्यान घर भएका खड्का पार्टीमा प्रभावशाली […]

विप्लवका जुम्ला इन्चार्ज सुन्धाराबाट पक्राउ

काठमाडौं, ३ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्द्रविर तिरुवा ‘रविकिरण’लाई प्रहरीले पक्राउ गरेको छ । उपचारको लागि काठमाडौं आएका उनलाई सोमवार दिउसो सुन्धाराको एक होटेलबाट पक्राउ गरेको हो । रविकिरणसँगै जुम्लाकै वीर कठायतसहित ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा उपचारकै लागि जुम्लाबाट काठमाडौं आएका सुर्य कठायत […]

काठमाडौंको डान्सबारमा पेस्तोल र ५१ राउन्ड गोलीसहित पक्राउ परे भारतीय प्रहरी हवल्दार !

काठमाडौं, १७ कार्तिक । काठमाडाैंकाे एक डान्सबारमा गाेली चलाएर भाग्न थालेका भारतीय नागरिक पञ्जाव प्रहरीका हवल्दार भएकाे थाहा भएकाे छ । बुधबार ‘ज्यान डेनिस डान्स’ नामक डान्सवारमा जसवीर सिंहसहितकाे भारतीय नागरिकले गाेली चलाएका थिए । गाेली चलाएर भाग्दै गर्दा उनीहरुलार्इ प्रहरीले पक्राउ गरेकाे थियाे । पक्राउ परेका मध्ये जसविर सिंहकाे साथमा पञ्जाव प्रहरी हवल्दारकाे परिचय […]