गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित

पोखरा, ८ असोज । गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित गरेको छ । सभामा सामाजिक विकासमन्त्री नरदेवी पुनले विधायन समितिको प्रतिवेदनसहित उक्त विधेयक पारित गरियोस् भनी पस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए । […]