त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान, ५ को निधन १ बेपत्ता

मुग्लिङ । आज बिहान त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान खुलेको छ । गोरखामा किरिया पुत्री बस्न जान लागेकाहरु सवार ट्याक्सी त्रिसुलीमा खसेको थियो । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका […]