वडा कार्यालयमा बम विष्फोट, वम पडकाउनेको खोजि गर्दै प्रहरी

झापा, २७ साउन । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको […]

दाउराको चिर्पटले हानेर छोराले गरे बाबुको ठाउँको ठाउँ हत्या

काठमाडौं, २३ साउन । झापामा छोराले बाबुको हत्या गरेका छन् । शुक्रवार बिहान ३० वर्षीय छोरा प्रकाश थापाले बुबाको हत्या गरेका हुन् । कमल गाउँपालिका १ बस्ने ७० वर्षीय सूर्यबहादुर थापालाई घरायसी विवादको कारण दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। वृद्ध थापाको घटनास्थलमा नै मृत्यु भएको थियो। प्रहरी चौकी तोपगाछीबाट […]

स्कूलजाँदा नेपालमै हराएका दुई बालिका भारतको पूर्णियामा फेला

सुरुङ्गा, २० साउन । साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । झापाकाे स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु […]

आलोचना भएपछि वडाध्यक्षले ६५ हजार बेरुजु भत्ता गरे फिर्ता

भद्रपुर, १ साउन । झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको रु ६५ हजार फिर्ता गरेका छन् । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा आएर सो रकम फिर्ता गरेको नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीले जानकारी दिए । स्थानीय तहको निर्वाचनपछि विसं २०७४ पुस २७ गते मेचीनगर नगरपालिकाको […]

नयाँ रेकर्ड कायम गर्दै केपी ओलीले झापामा कांग्रेस हराए

झापा, २४ मंसिर । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं। ५ बाट विजयी भएका छन् । उनले अहिलेसम्मकै सबैभन्दा बढी मत ल्याएर रेकर्ड पनि कायम गरेका छन् । झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका ओलीले नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीलार्इ पराजित गरेका हुन् । अाेलीले अधिकारीलार्इ २८ हजार ८ सय […]