बारेकोटका पहिरो पीडितका लागि अमेरिकामा बस्ने नेपालीले गरे सहयोग

जाजरकोट, ४ साउन । जाजरकोटको बारेकोट पहिरो पीडितका लागि अमेरिकामा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् । नेपालको तेह्रथुममा जन्मिएर अमेरिकीको न्यूयोर्क बसोबास गर्दै आएका हेम थापा र माया थापाले सो आर्थिक सहयोग गरेका हुन् । बारेकोट गाउँपालिका वार्ड नं. ४ जिरी सार्की गाउँ र बारेकोट गाउँपालिका वार्ड न.. ६ धुमा गाउँमा असार २५ गते […]

बारेकोटसहित पहिरोले वितण्डा मच्चाएका क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहत र उद्धार गर्न माग

  काठमाडौं, ३१ असार । देशका बाढी र पहिरोले वितण्डा मच्चाएका क्षेत्रहरुलाई तत्काल विशेष क्षेत्र घोषणा गरेर राहत तथा उद्धारको व्यवस्था गर्न प्रभावित क्षेत्रका वासिन्दाको तर्फबाट माग गरिएको छ । जाजरकोटका जनप्रतिनिधिहरु सम्मिलित एक टोलीले आज गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो । जाजरकोटको बारेकोटमा ठूलो धनजनको क्षति हुनेगरी गएकाे पहिरोका […]

पहिरोले बारेकोट गाउँपालिकाभरि असर, ठूलो जनधनको क्षति, सयौ विस्थापित, गोठ र जंगलको बास, छैन कुनै राहत

जाजरकोट, २७ असार । जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरो र बाढीमा परेर मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । पहिरो र बाढीमा परेका मध्ये अझै पाँच जना पत्ता लागेका छैनन । अविरल वर्षाका कारण बारेकाेटका अन्य क्षेत्रमा पनि पहिरो जाने सम्भावना बढेकाले पाँचसयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । पहिराेले ठूलाे जनधनकाे […]

बारेकोटको धुमामा बाढीले बगाएर २ वेपत्ता १ घाइते, ठूलो बाली नस्ट

जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिकाको धुमामा बाढीले बगाएर २ जना वेपत्ता भएका छन् । शुक्रबार बिहान एक्कासी बाढी आउँदा बाटोमा हिडिरहेका ४ जना बगेको र २ जनालाइृ उद्धार गरिएको स्थानीय सुशिल बस्नेतले जानकारी दिएका छन् । उनले बाढीमा अरु पनि बगेको हुनसक्ने बताए । बिहीबार रातिदेखि सुरु भएको अविरल वर्षाका कारण बारेकोट गाउँपालिकाको […]

जाजरकोटमा भीषण पहिरो, १२ वेपत्ता, दुई घरमा रहेका सबै पहिरोमा परे

जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिकामा गएराति गएको पहिरोमा परी १२ जना वेपत्ता भएका छन् । पहिरोमा परी वेपत्ता हुनेमा २ परिवारका चार-चार जना सदस्य र ती घरमा बसेका पाहुना समेत रहेका छन् । बारेकोट गाउँपालिका वार्ड नं. ४ जिरीको सार्कीटोलमा उक्त पहिराे गएकाे हाे । पहिरोमा एक जनाको शव देखिएको स्थानीयले जानकारी दिएका […]

मनै लोभ्याउने झरना, आन्तरिक पर्यटक बढ्न थाले

जाजरकोट, ११ असोज । आहा, कति सुन्दर झरना  देख्ने सबले यसै भन्छन् । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । बारेकोट गाउँपालिका–८, लैखम गाउँनजिकै रहेको झरनाले धेरैको मन लोभ्याएको छ । बारेकोट पदमार्ग नजिकै रहेको रापानी झरनाको प्रर्वद्धन गर्न सके जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ । बारेकोटको लैखम गाउँबाट करीब ७०० मिटर […]

नलगाडमा डिपिआरको काम गर्ने मजदुरले पाएनन् ज्याला

जाजरकोट, ८ भदौ । नलगाड हाइड्राेपावर कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर)को काम गर्न खटिएका मजदुरले ज्याला पाएका छैनन् । बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युत्गृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुन् । निर्माण कम्पनीले रु सात लाखभन्दा बढी रकम मजदुरलाई भुक्तानी दिन बाँकी रहेको उनीहरुले बताएका छन् । दुई महीनादेखि […]

अहिलेसम्म सूचना अधिकारी नै नतोक्ने पाँच सरकारी कार्यालय भेटिए

जाजरकोट, २४ साउन । जाजरकाेटका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ । विहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा जाजरकोटका १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेलापरेको हो । सूचना अधिकारी नै भएका कार्यालयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट […]

जाजरकोट नजिक पहिरोमा पुरिएर २ को मृत्यु, ९ बेपत्ता

खल‌ंगा, २९ असार । जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सीमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्य २ पुगेको छ भने अझै ९ जना बेपता रहेका छन् । खराब मौसमका कारण खोजी कार्यमा समस्य भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । शनिबार दिउँसो साढे २ बजे ५० […]

जाजरकाेटमा शक्ति बस्नेत विजयी, दुबै प्रदेशमा पनि वामगठबन्धनकाे जित

जाजरकाेट, २२ मंसिर । जाजरकाेटबाट प्रतिनिधि सभाका लागि नेकपा (माअाेवादी केन्द्र)का शक्तिबहादुर बस्नेत विजयी भएका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाकाे उम्मेदवार बनेका पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले नेपाली कांग्रेसका राजिव शाहलार्इ पराजित गरेका हुन् । बस्नेतले शाहलार्इ ८ हजार ९ सय ९२ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ३२ हजार २ सय […]