शिक्षकप्रतिको सम्मान, बिदाईमा हेलिकप्टर चार्टर

गोरखा । गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेतको गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई भब्य बिदाई गरिएको छ । विद्यार्थी, पूर्वविद्यार्थी र अभिभावकहरूको सहयोगमा विद्यालयले उनलाई हेलिकप्टर चार्टर गरी ऐतिहासिक सम्मानसहित विदाई गरेको हो । ३७ वर्षको अविरल सेवा समर्पणपछि हालै मात्र अवकाश प्राप्त गरेका उपरकोटीको शिक्षण पेशाप्रतिको निष्ठा, कर्तब्यपरायणता र प्रेरणादायी भूमिकाप्रति कृतज्ञता व्यक्त गर्न स्थानीयहरूले […]

एसईई परीक्षार्थीलाई बुढीगण्डकीले बगायो

गोरखा । एसईई परीक्षा दिन आएका एक विद्यार्थीको बुढीगण्डकी नदीमा डुबेर ज्यान गएको छ । ज्यान गुमाउने गोरखा जिल्लाको आरुघाट गाउँपालिका-१ का १६ वर्षीय यूनिष गुरुङ हुन् । प्रहरीका अनुसार गुरुङ एसईई परीक्षा दिन सोही गाउँपालिकाको वडा नम्बर ४ थुमी आएका थिए। बुधबार साँझ करिब साढे ६ बजेतिर उनी बुढीगण्डकी नदीमा पौडी खेल्न गएका बेला […]

गोरखा दरबारबाट हनुमानढोकाका लागि फूलपाती पठाइयो

गोरखा, १८ असोज । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २० च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिनुभयो । […]