शिक्षकले मरणासन्न हुनेगरी कुटेका विद्यार्थीको अप्रेशन गरियो

काठमाडौं, ६ फागुन । गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रेसन गरिएको छ । कार्कीलाई शिक्षक भरतमणि तिमल्सिनाले ढाडमा लठीले कुटेको र तेस्रोपटकमा […]

मलेसियामा अहिलेसम्मकै धेरै नेपालीको मृत्यु, २ महिनामा ५४ नेपालीले ज्यान गुमाए

काठमाडाैं । वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा २२-४० वर्ष उमेर समूहका युवा छन्। क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै सुतिरहेकै बेला […]

नामिवियामा एेतिहासिक जित निकालेको नेपाली क्रिकेट टोलीलार्इ विमानस्थलमा भव्य स्वागत

काठमाडाैं, ६ फागुन । नामिबियामा बिहीबार सम्पन्न आइसिसी विश्व डिभिजन–२ क्रिकेट लिगमा एेतिहासिक जित निकाल्दै स्वदेश फर्किएकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीलार्इ भव्य स्वागत गरिएकाे छ । विश्व डिभिजन २ लिगमा उपविजेता बनेकाे नेपाली टाेलीलार्इ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएकाे हाे । शनिवार राती ९ बजे विमानस्थलबाट बाहिरिएकाे टाेलीलार्इ ठूलाे संख्यामा जम्मा भएका समर्थकले स्वागत […]

दक्षिण कोरियामा रहेका चितवनवासीले गरे अधिवेशनबाट नयाँ नेतृत्व चयन

सोल । वैदेशिक रोजगारी र अन्य कामको सिलसिलमा दक्षिण कोरिया पुगेका चितवनबासीले नयाँ नेतृत्व चयन गरेका छन् । ‘चितवन सम्पर्क समिति दक्षिण कोरिया’को चौधौं अधिवेशन सम्पन्‍न भएको छ । अधिवेशनले भोला पौडेलको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो । वरिष्ठ उपाध्यक्ष दिलिप ढुं‌गाना उपाध्यक्ष लिलाकान्त महतो थारु, सचिव राजु घिमिरे सर्वसम्मत रुपमा नयाँ कार्यकालको लागि […]

काठमाडौँमा भएको आगलागीमा एकको जलेर मृत्यु

काठमाडौं, ५ फागुन । काठमाडौँको लगन टोलमा आगलागी हुँदा एक जनाकाे जलेर मृत्यु भएको छ । साथै दुईवटा घरकाे अधिकांश भाग जलेर नस्ट भएकाे छ । शनिबार बिहान साढे ३.३० बजेतिर कामनपा १२  वडाकावासी अमृत रञ्जीतको घरबाट सुरु भएको आगो फैलिएर छिमेकी अष्टनारायण महर्जनको घरमा समेत क्षति पुर्याएकाे हाे ।  धुलिखेल नगरपालिका ६ स्थायी घर […]

बलात्कारपछि १३ वर्षीया बालिकाको बिभत्स हत्या

सप्तरी, ५ फागुन । खड्क नगरपालिका–९ लालपट्टीकी १३ वर्षीया बालिका पार्वतीकुमारी मण्डलको बलात्कारपछि हत्या गरिएको छ । प्रहरीका अनुसार हत्यामा बालिकाको ठूलोबुबाका छोरा १८ वर्षीय राजदेव मण्डल संलग्न छन् । शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गर्दै सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले राजदेवमाथि कारबाही अगाडि बढाइएको बताए । सप्तरीमा चालू आर्थिक वर्ष ०७४-७५ मा २७ वटा बलात्कारका घटना प्रहरीसमक्ष […]

कटवालले भने, ‘प्रचण्ड महा कुराैटे र भराैटे हुन, उनलार्इ पेलेर लानुपर्छ’

काठमाडौँ, ५ फागुन । नेपाली सेनाको पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवालले केही दिन पहिला एउटा टेलिभिजनलाई दिएको अन्तरवार्ता अहिले आएर भाइरल भएको छ । नेपाली सेना राजनीतिक भन्दा टाढा भएको संस्था हो तर कटवाल पदमा बहाल हुँदा नै राजनीतिक अभिव्यक्ति दिँदै आएका थिए । विभिन्न संचारमाध्यम र सार्वजनिक कार्यक्रममा कटवाल नेताहरुप्रति कडा टिप्पणी गर्दै आएका छन् । […]

इन्टरनेटका कारण पछिल्लो समय बालबालिका साइबर कुलतबाट नराम्ररी प्रभावित

काठमाडौं, ५ फागुन । तपाईँका छोराछोरी पढ्न छोडेर कतै एकान्तमा बसेर एकोहोरो मोबाइल, आइप्याड, तथा ट्याब चलाउने त गर्दैनन् ? यदि त्यसो गर्छन् भने हाशियार ! साइबर कुलतमा फस्लान् । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज महुँचका कारण नेपाली बालबालिका साइबर कुलतबाट नराम्रोसँग प्रभावित भएको पाइएको छ । […]

यस्तो छ केपीको सरकार विस्तार गर्ने योजना

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री ओली माओवादीसँग पार्टी एकता र शक्ति बाँडफाँड टुंगिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा छन् । अहिलेसम्म शक्ति बाँडफाँडबारे ठोस प्रस्तावसहित कुराकानी नभएकाले पहिले प्रचण्डसँग एकताका बाँकी विषय र शक्ति बाँडफाँडमा केन्द्रित रहेर छलफल गर्ने योजनामा प्रधानमन्त्री देखिएका हुन् । पार्टी एकतासँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, […]

नवराज सिलवालले देउवालाई दिए कडा प्रतिक्रिया

काठमाडौं, ४ फागुन । लामाे समयदेखि लुकेर बस्दै अाएका पूर्व डिअार्इजी तथा एमाले सांसद नवराज सिलवालले शेरबहादुर देउवामाथि कडा टिप्पणी गरेका छन् । ललितपुरबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका सिलवालले देउवालार्इ अाफ्नाे स्वार्थका लागि जे पनि गर्न तयार हुने अधिनायकवादीकाे संज्ञा दिएका छन् । देउवाकाे बहिर्गमनलार्इ टिप्पणी गर्दै सिलवालले देशले अधिनायकवादी शासनबाट मुक्ति पाएको बताएका छन […]