बर्दियामा पाटे बाघले बेपत्ता बनाएकाे पुरुषकाे शव फेला

बर्दिया । बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ । पाटे बाघले बेपत्ता बनाएकाे ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाकाे गोर क्षेत्रमा फेला परेको हो । हिजो दिउँसो गेरुवा गाउँपालिका-४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटे बाघले आक्रमण गरी थारुलाई […]

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा चारको मृत्यु

काठमाडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसीएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा […]

नेवाः जातीय महासंघ गठन

काठमाडौं- नेवाः जातिय महासंघको तदर्थ कार्य समिति गठन गरिएको छ । नेवाः समुदायका विभिन्न १८ वटा जातीय संगठनको भेलाबाट आज महासंघको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । भेलाले खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःलाई समितिको अध्यक्ष चयन गरेको छ । त्यस्तै स्यस्यः समाजका दानदास श्रेष्ठलाई उपाध्यक्ष चयन गरेको छ । त्यसैगरी, राजोपाध्याय समाजका […]

रेडपाण्डाको छालासहित एक पक्राउ

बाँके । बाँके प्रहरीले नेपालगञ्जबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका– ४ बुद्ध मन्दिरबाट प्रहरीले जाजरकोट भेरी नगरपालिका– १ का २८ वर्षीय मणिराम सुनारलाई एकथान रेडपाण्डाको छालासहित पक्राउ गरेको हो। विशेष सुराकीका आधारमा पुगेको प्रहरीले सुनारले बोकेको झोला जाँच गर्दा रेडपाण्डाको छाला बरामद भएको जनाएको छ। बाँके प्रहरीले रेडपाण्डाको छाला कहाँबाट […]

शिक्षा क्षेत्रमा आमूल परिवर्तनको पहल हुन्छ: मन्त्री पौडेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुक्रबार पदभार सम्हालेका छन् । पदभार सम्हाल्दै पौडेलले् शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै शिक्षामा आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका छन् । देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम युक्त काम गर्ने पौडेलले बताए । आफ्नो वा कोही […]

हनुमानढोकास्थित दशैं घरलगायत घर-घरमा जमरा राखियो

काठमाडौँ । हरेक वर्षजस्तै यसवर्ष पनि राजधानीको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमान ढोकाको दशैं घरमा बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा विधिपूर्वक घटस्थापना गरिएको हो । घटस्थापनाको बेला नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो । बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश […]

शीतभण्डार अभावमा डोल्पाका स्याउ खेर जाँदै

डोल्पा । जिल्लाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् । उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ […]

सामाजिक एकतामा ‘आसमान नेपाल ’को योगदान

असोज १९ ,जनकपुरधाम । चार वर्ण छत्तीस जातिको साझा फूलबारीको रुपमा परिचित नेपालको आसमान (आकाश)का साँच्चिकै आसमान नेपालले सामाजिक एकताको माला बुन्न योगदान दिएको देखिन्छ । वास्तवमा शिक्षा र वालश्रमको क्षेत्रमा विभिन्न परियोजना मार्फत् वालवालिकालाई विद्यालयसम्म पु¥याउने, विभिन्न शैक्षिक गतिविधिसहित अध्यापन गर्ने उद्देश्य रहे पनि यस संस्थाको कामका कारण अप्रत्यक्ष रुपमा सामाजिक, जातीय, धार्मिक र […]

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेश गरिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयको सङ्घर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली […]

ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर

काठमाडौं, १६ असोज । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ । सिभिल अस्पताल नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पताल हो । अस्पतालमा कार्यरत, चिकित्सक, नर्स र […]