संगीतमा मिठो ताल दिने मादल बनाउने पेसा संकटमा

तुलसीपुर, २७ कात्तिक । दाङ तुलसीपर उपमहानगरपालिका–७ नयाँबस्तीकी पवित्रा वादीले विगतमा एक महिनामा ५० भन्दा बढी मादल बिक्री गर्थे । पछिल्लो समय उनलाई सिजनमा पनि १५÷१६ वटा बेच्न धौधौ छ । “मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो”, उनले भने, “तर पछिल्लो समय हामीले बनाएका मादल नै बिक्न छाडेका छन्, यसले गर्दा हामी निराश भएका छौँ ।” चाडपर्वको […]

वन्यजन्तुको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा

बाँके, २७ कात्तिक । बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन् । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको छ । यही कात्तिक २३ र २६ गते जङ्गलमा […]

तीनै तहका सरकारबीच समन्वय अभावले समस्या

पर्वत, २७ कात्तिक । मुुलुकमा रहेका तीनै तहका सरकारका बीचमा समन्वय नहुँदा जिल्लामा विकासले गति लिन नसकेको धारणा पर्वतमा आयोजित एक कार्यक्रमका सहभागीले व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक समीक्षा कार्यक्रममा बोल्ने अधिकाँश वक्ताले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयको अभाव खड्किएकाले जनअपेक्षाअनुसारका काम हुननसकेको […]

कामपाको ‘पिक एण्ड ड्रप’ कार्यक्रम प्रभावकारिता न्यून

काठमाडौँ, २७ कात्तिक । काठमाडौँ महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा शुरु गरेको सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट, आरएनएसी र जमलमा शुरु गरेको उक्त कार्यक्रमको प्रभावकारिता अत्यन्तै न्यून देखिएको हो । कार्यक्रम शुरु भएको एक […]

माछा मार्दा करेन्ट लागेर एकको मृत्यु

परासी, २७ कात्तिक । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको हो । घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासी उनलाई करेन्ट लागेको […]

नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण

चितवन, २७ कात्तिक । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप मिनी पानीजहाजको परीक्षणयात्रा टेष्ट ड्राइभ यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा क्रुज निर्माणकार्य भइरहेको छ । क्रुज निर्माण गरिरहेको […]

तीन लाख ६० हजार नगदसहित जुवाडे पक्राउ

काठमाडौँ, २७ कात्तिक । नेपाल प्रहरीले नागार्जुनबाट रु तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको […]

ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ

लहान, २७ कात्तिक । ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–२ का ४० वर्षीय जिबछ यादव र सिरहा नगरपालिका–३ का २० वर्षीय सतिषकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुबै जनालाई आ–आफ्नो घरमा लुकीछिपी […]

मह, मौरी अवलोकन गर्न विदेशी नागरिक जाजरकोटमा

जाजरकोट, २६ कात्तिक । जिल्लाको मह र मौरी अवलोकन गर्न विदेशी नागरिक नलगाड नगरपालिका–१ कल्पतमा पुगेका छन् । विभिन्न प्रजातिका रैथाने मौरीहरूको बाँस स्थान र महको गुणस्तरतालाई अवलोकन गर्न लण्डनका नागरिक रुडी रेप्का र लिडिया अनियला रेप्का नलगाड नगरपालिकाको कल्पतमा पुग्नुभएको हो । बेलायतमा सफल मौरी व्यवसाय सञ्चालन गरिरहेका रुडीको जोडीले पाली, कल्पत र चिउरीलगायत […]

नेपालमा सुरु भयो नवौँ विश्व रेन्जर सम्मेलन

चितवन, २६ कात्तिक । नवौँ विश्व रेन्जर सम्मेलन आजबाट सौराहामा शुरु भएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो […]