एक करोड ९४ लाख मतपत्र छाप्दै निर्वाचन आयोग

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कुल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन् । २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको उनको […]

देशमा चरम संकट आएपछि श्रीलंकाका सबै मन्त्रीले दिए एकसाथ राजीनामा

काठमाडौँ । श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्। श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले […]

पशुपति धर्मशाला खाली गर्न बतासका नाममा सार्वजनिक सूचना जारी

चैत २१ , काठमाडौँ । तिलगंगास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन आग्रह गर्दै पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र लिन बतास समूहले इन्कार गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पठाएको पत्र बुझ्न अस्वीकार गरेको हो। अहिलेसम्म पत्र लिन नमानेपछि कोषको सञ्चालक परिषद्ले […]

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । भ्रमण कार्यक्रम अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउसो २ : ५० बजे प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । शुक्रबार दिउँसो ४ : ३० बजे […]

स्थानीय आवश्यकतामा गठबन्धनसँग चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय, एमालेसँग च्याप्टर क्लोज

काठमाडौँ । नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने नीतिगत निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । प्रवक्ता महतले निर्णय कार्यान्वयनका लागि केन्द्रदेखि तल्लो तहसम्मै संयन्त्र बनाइने बताए। कांग्रेसको प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रले स्थानीय अवस्था […]

त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध मुद्दा, परिणाम फेरबदल गरेको आरोप

काठमाडौँ । परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रा.डा. टेकनाथ ढकाल, सह–प्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसमेत ६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो । परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लगाइएको छ । […]

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौँ । स्थानीय तहको निर्वाचन सम्बन्धि छलफलको लागि निर्वाचन आयोगले यही चैत २२ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ। निर्वाचन आचारसंहिता लागू गर्नेलगायत विषयमा सुझाव लिन सर्वदलीय बैठक बोलाएको आयोगका एक अधिकारीले जानकारी दिए। २२ गतेको बैठकमा दलहरुको सुझाव लिएर आचारसंहिता लागू गर्ने दिन टुंगो लगाउने तयारी आयोगले गरेको छ। स्थानीय तहको निर्वाचन आगामी वैशाख […]

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं ः नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ। बैठक महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा अपराह्न ३ बजे बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तीलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने रिजालले बताए। स्थायी कमिटीमा […]

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै

काठमाडौं ः नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो। बैठकमा गत फागुन २९ गते सुरु […]

चिनियाँ विदेशमन्त्री काठमाडौंमा, यस्तो छ भेटघाटको कार्यतालिका

काठमाडौँ । चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री तीन दिनका लागि नेपालको औपचारिक भ्रमणमा आएका छन्। ​ शुक्रबार अपराह्न ४:४० बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका उनलाई परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी र उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले स्वागत गरे। पाकिस्तान, अफगानिस्तान र भारत हुँदै चिनियाँ विदेशमन्त्री […]