भिआइपीमा को को होलान् अरु गुप्त महरा ? तानिँदैछन् लहरा भत्किँदैछन् पहरा

काठमाडाैं । सिस्नुपानी नेपालले यसपटक पनि कमलादीस्थित प्रज्ञा भवनमा निकै सशक्त देउसी गीत प्रस्तुत गरेकाे छ । प्रत्येक तिहारमा देशका महत्वपूर्ण नेताहरुलाइ बाेलाएर यस्तै व्यङ्ग्यात्मक देउसी प्रस्तुत गर्दै आएकाे सिस्नुपानी नेपालले यसपटक पनि एक प्रस्तुति दिएकाे हाे । सिस्नुपानीकाे देउसीकाे एउटा निकै लाइन छ: तानिँदैछन् लहरा भत्किँदैछन् पहरा, भिआइपीमा को को होलान् गुप्त महरा ?  […]

देशका ठालु नेताहरुमाथि सिस्नुपानीले यसपाली यसरी लगायो व्यङ्ग्यात्मक सिस्नुपानी

काठमाडौँ, १० कार्तिक । घरको अगाडि भव्य द्वार बनाइएको थियो । गेटबाट छिरेपछि एउटा सानो खरको छानोसितको घर पुगिन्थ्यो । घरलाई झिलीमिलीले बत्तीले सिङ्गारिको थियो । छानामा दुई वटा फर्सी राखिएका थिए । फर्सीको छेउमै कुखुराको भाले बसेको देखिन्थ्यो । आँगनी रङ्गोलीले सजिएको थियो । घरको पछाडिपट्टि मकैको सिल राखिएको थियो । नजीकै सेतो हिमाल […]

नेता इन्द्र बानियाँ करोडको खालमा पक्राउ परेको भनेर चरित्र हत्या गर्ने विरुद्ध उत्रियो काङ्ग्रेस

काठमाडौँ, १० कात्तिक । नेपाली काङ्ग्रेसले केही सञ्चारमाध्यमले ‘जुवा खालबाट पक्राउ’ सम्बन्धी समाचारमा बिनाआधार पूर्वगृहराज्यमन्त्री एवम पार्टीका नेता इन्द्रबहादुर बानियाँको नाम उल्लेख गरेको भन्दै आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सत्यतथ्य नबुझी कुनै पनि व्यक्तिको इज्जत प्रतिष्ठामा आँच आउने गरी समाचारमा नाम उल्लेख गर्नु दुःखद् […]

करोडको कौडा खेल्दै गरेको पूर्वमन्त्रीसहितको भीआइपी टिम पक्राउ

काठमाडौं, १० कार्तिक । कराेडाै रकम राखेर जुवा खेलिरहेका एक पूर्व मन्त्रीसहितका जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले जुवाखालबाटै पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जुवा खालबाट नगद र चेक गरी २ करोड ७० लाख बढी रकम बरामद भएको जानकारी दिएका छन । काठमाडौंको महाराजगञ्जमा […]

विद्रोही समूहद्वारा ४० सरकारी सैनिक अपहरण

एजेन्सी । म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीलाई अपहरण गरी लगेका यहाँको सेनाले जनाएको छ । सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी खटाएको छ । उक्त समूहले रखाइन बुद्धमार्गीहरूको थप स्वतन्त्रताका लागि सङ्घर्ष गरिरहेको छ । शनिबार बिहान जातीय युद्ध लड्दै आएका विद्रोहीको एक […]

‘नाम’ सम्मेलनबाट बाकु घोषणापत्र जारी, ३१ उद्देश्य प्राप्त गर्न यस्तो प्रयास गरिने

बाकु, ९ कार्तिक । असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनले आज वर्तमान भूराजनीतिक परिस्थितिमा नयाँ वास्तविकतासँग मुखरित हुन आरम्भमा राखिएकै अवस्थामा सही र सान्दर्भिक रहिआएको यसका आधारभूत सिद्धान्तलाई कायम तथा प्रवद्र्धन गर्दै ३१ उद्देश्य प्राप्त गर्न आन्दोलनको भूमिका सक्रिय बनाउने घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा दिगो शान्ति, एकता तथा […]

मन्त्री ज्यू ! कहिले खुल्छ काठमाडौँको जाम?

काठमाडौँ, ९ कात्तिक । ‘मन्त्री ज्यू, म कलङ्कीमा बस्छु, काम गर्न सिंहदरबार जाँदै गर्दा कालीमाटीमा जहिल्यै लामो समयसम्म जाममा बस्नुपर्छ, काठमाडौँमा यस्ता जाम हुने ठाउँहरु धेरै छन्, यी जामहरु कहिले खुल्छन् होला ? काठमाडौँको जाम सम्झिएर दिक्क मान्दै एक पत्रकारले सोधेको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँको जाम समाधानका लागि सरकारले सात स्थानमा […]

संवेगात्मक साक्षरता र विश्व शान्तिसम्बन्धी नवौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, ९ कार्तिक । संवेगात्मक साक्षरता र विश्व शान्तिसम्बन्धी नवौँ अन्तरराष्ट्रिय सम्मेलन आज यहाँ सम्पन्न भएको छ । ‘क्रोधरहित संसार’ संस्था, ग्लोबल पिस फाउण्डेशन नेपाल र समृद्धि कलेजद्वारा संयुक्त रुपमा आयोजित सो दुईदिने सम्मेलनमा नेपालसहित संयुक्त राज्य अमेरिका, भारत, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, फिलिपिन्स, दक्षिण अफ्रिका लगायतको सहभागिता रहेको थियो । सम्मेलनमा संवेगात्मक साक्षरता र विश्व […]

जाजरकोटको गाउँपालिकाका सबै गाउँमा पुग्यो सडक

जाजरकोट, ९ कात्तिक । शिवालय गाउँपालिकाले दुई वर्षमा सबै वडामा सडक निर्माण गरेको छ । आन्तरिक सबै सडक निर्माणसँगै यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो । करोडाँै रकम खर्चेर गाउँपालिकाले सबै गाउँमा सडक निर्माण गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त गाउँपालिका सडक सञ्जालले जोडिएसँगै यहाँका स्थानीयवासीले सहजरुपमा […]

काठमाडौं महानगर छुट्टै पाठ्यक्रम लागु गर्दै, ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म

काठमाडौँ, ९ कात्तिक । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ । स्थानीय पाठ्यक्रम महानगरभित्रका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा लागू गरिने महानगरपालिकाको शिक्षा विभाग प्रमुख निर्मला केसीले जानारी दिए । विद्यालय व्यस्थापनको जिम्मेवारी स्थानीय तहमा आएसँगै स्थानीय पाठ्यक्रम लागू हुन […]