समानुपातिक सूचीका २५६ जना उम्मेदवार निर्वाचन अायाेगद्वारा अगाेग्य घाेषित

काठमाडाैं, ४ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार सार्वजनिक गरेको छ । विभिन्न कारणले उम्मेदवार बन्न योग्य नभएका २५६ जनाको नाम बन्दसूचीबाट हटेपछि अब कुल पाँच हजार ८ सय ३८ जना उम्मेदवार कायम भएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फका […]

अरुको किड्नी हालेको ११ वर्ष पुगेको भन्दै आफूले कुनै बेइमानी नगर्ने ओलीको दावी

झापा, ४ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले कम्युनिस्ट सरकार बन्ने देखेर कांग्रेस डराएको बताएका छन् । झापाकाे काँकडभिट्टामा अायाेजित एक चुनावी सभामा बाेल्दै नेता अाेलीले एमाले र माओवादीको एकीकरणले विकासको लहर ल्याउने दावी गरे । सम्वाेधनका क्रममा अाेलीले आफूले अाफ्ना लागि नभई देश बनाउनका लागि जोखिमपूर्ण यात्रा गरिरहेको बताए । उनले […]

बाढीले भारत पु¥याएका दर्जन गैडा उद्धार

चितवन, ४ मंसिर । साउन अन्तिम साता आएको बाढीका कारण बगाएको थप एउटा गैँडा भारतको पिप्रासीबाट आइतबार उद्धार गरी आज बिहान यहाँको सामुदायिक वनमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार नेपाली सीमा क्षेत्रबाट ४० किलोमिटर पर उत्तरप्रदेश र बिहारको सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएको सो गैँडालाई सौराहा नजिकै जनकौली […]

सुप विश्वविद्यालय र भिनपाबीच सहकार्यका लागि सम्झौता

कञ्चनपुर, ४ मंसिर । भीमदत्त नगरपालिका र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले एकापसमा सहकार्यका लागि सम्झौता गरेका छन् । विश्वविद्यालय केन्द्रीय कार्यालयमा आइतबार नगरपालिका र विश्वविद्यालयबीच दक्ष जनशक्तिको सेवा उपलब्ध गराउने तथा विद्यार्थीलाई शैक्षिक अनुसन्धान र इन्टर्नसिपका लागि एकापसमा सहकार्य गर्न सम्झौता गरिएको छ । भीमदत्तका प्रमुख सुरेन्द्र विष्ट र विश्वविद्यालयका उपकुलपति प्राध्यापक भूषण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका […]

नेपालमा अाउने पर्यटक ह्वात्तै बढे, १० महिनामा साढे ७ लाख

काठमाडाैं, ४ मंसिर । नेपालमा अाउने पर्यटककाे सङ्ख्यामा उल्लेख्य बृद्धि भएकाे छ । पछिल्लो १० महिना मात्र नेपाल आउने पर्यटकको संख्यामा ७ लाख ५७ हजार ४ सय ४८ पुगेको छ । यो तथ्याङ्क अघिल्लो वर्षभन्दा एक तिहाइले बढी हो । अध्यागमन विभागले जारी गरेको सन् २०१७ को पहिले १० महिनामा नेपाल घुम्न आउने विदेशी पर्यटकको […]

श्रीमतीको हातबाट खुकुरी खोसेर श्रीमतीकै हत्या

खोटाङ, ३ मंसिर । खुकुरी प्रहार गरेर खोटाङका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राजकुमार राईले धारिलो हतियार खुकुरी प्रहार गरी ४२ वर्षीया श्रीमती राजमायाँ राईको हत्या गरेका हुन् । घरायसी कुरामा भनाभन हुँदा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा उनको आइतबार दिउँसो घटनास्थलमै ज्यान गएको स्थानीयवासीले बताएका छन् । श्रीमतीको […]

अस्थायी शिक्षक परीक्षाको सम्पूर्ण प्रकृया स्थगित

भक्तपुर । पटक पटक सर्दैआएको अस्थायी शिक्षकको परीक्षा यस पटक भने मिति तय हुनु अगाडी नै सरेको छ । यसपटक परिक्षा सम्बन्धी विज्ञापनको सम्पूर्ण प्रक्रिया नै सरेको हो । अस्थायी शिक्षकको समस्या समाधान गर्ने गरि गरिएको भनिएको परीक्षाको विज्ञापनको सम्पूर्ण प्रक्रिया सारिएको छ । शिक्षक सेवा आयोगमा आन्दोलनरत बिद्यार्थीहरुसंग एक सहमति भएपछी परीक्षा सारिएको आयोगका […]

प्रकाश दाहालको निधन हृदयघात कि आत्महत्याबाट !

काठमाडौं, ३ मंसिर । माअाेवादी केन्द्रका अध्यक्ष प्रच्ण्ड पुत्रकाे निधन रहस्यमय बन्दै गएकाे छ । सुरुमा उनकाे अस्पतालमा उपचार भइरहेकाे खबर अाएकाे भए पनि अस्पताल स्राेतले भने उनलार्इ अस्पतालमा पुर्याउनु अघि नै मृत्यु भइसकेकाे जानकारी गराएकाे छ । उनलार्इ हृदयघात भएकाे समाचार अाउँदा सुरुमा कसैलार्इ पत्यार लागेकाे थिएन । केही सञ्चारमाध्यममा उनकाे निधन भएकाे समाचार […]

नर्भिक अस्पतालमा प्रचण्ड पुत्र प्रकाश दाहालकाे निधन

काठमाडौं, ३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । हर्ट अट्याक भएर अाज बिहान ४ बजे बेहाेस अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा ल्याइएका प्रकाशकाे अस्पतालमा पुगेपछि निधन भएकाे बताइएकाे छ । नर्भिक अस्पतालका एक चिकित्सकले प्रकाशको निधन भएको जानकारी दिएका छन् । पूर्व पर्धानमन्त्री समेत रहेका पिता प्रचण्ड […]

प्रचण्डपुत्र प्रकाश दाहाललार्इ हृदयघात, चिन्ताजनक अवस्थामा नर्भिकमा लगियाे

काठमाडाैं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहाललार्इ हृदयघात भएकाे छ । उनकाे अवस्था चिन्ताजनक रहेकाे पारिवारिक स्राेतले जनाएकाे छ । अकस्मात हृदयघात भएपछि प्रकाशलार्इ अाज बिहान ४ बजे राजधानीकाे थापाथलीस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा ल्याएर भर्ना गरिएको थियाे । छोरा बिरामी परेपछि झापाको विर्तामोडमा बास बसेका दाहाल हेलिकोप्टरबाट […]