काँग्रेसको एजेन्ट बस्न गएका कार्यकर्तालाई रुखमा बाँधेर रातभरी कुटपिट

डोल्पा, ७ मंसिर । चुनावको मौन अवधि सुरुसँगै राजनीतिक पार्टीबीच झडप सुरु भएको छ । डोल्पामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा २ समूहबीच कुटाकुट भएको हो । होटेलमासँगै खाना खाने क्रममा सुरु भएको झडपले कुटाकुटको स्थिति निम्त्याएपछि ठूलीभेरी नगरपालिका-८ का जीवन भण्डारी घाइते भएको […]

क्यूबा र उत्तर काेरिया मिलेर अमेरिकासँग लड्ने

काठमाडौं, ७ मंसिर । उत्तर कोरिया र क्युबाले अापसमा सहकार्य गरेर अगाडि बढ्‍ने बताएका छन् । अमेरिका विरोधी दुबै देशहरु पछिल्ला विकसित परिस्थितिजन्य विषयसँग मिलेर अमेरिकाकाे मुकाबिला गर्ने भएका हुन् । क्युबाको राजधानी हवानामा दुई देशबीच सो सहमति बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । क्यूबा भ्रमणमा रहेको उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र क्युबाली […]

कालिकोटमा प्रहरी र स्थानीय महिलाबीच झडप, गिरफ्तार तीन युवालाई महिलाले प्रहरीको कब्जाबाट खोसे

कालिकोट, ७ मंसिर । कालिकोटको मालकोटमा प्रहरी र स्थानीयवासीबीच आज साँझ झडप भएको छ । प्रहरीले गाउँ घेरा हालेर तीन जना युवाहरुलाई गिरफ्तार गरेर लिएपछि स्थानीय महिला बृद्धबृद्धाहरु प्रहरी चौकीमै पुगेपछि झडप भएको हो । मालकोटको सल्लारुख गाउँ घेरा हालेर प्रहरीले केहीबेर अगाडि तीन जना युवलाई गिरफ्तार गरेको थियो । गिफ्तार पर्नेमा बुद्धि विक, धनराज […]

प्रधानमन्त्री देउवालाई आयोगकाे २४ घण्टे अल्टिमेटम

काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताको धज्जी उडाउदै आफु अनुकूल तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवा मिलाएपछि निर्वाचन आयोगले असहमति जनाएको छ । निर्वाचन आयोगले तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवामा सहमति नदिने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाको निर्देशनमा गृह मन्त्रालयले रा.प. द्वितीय श्रेणीका छ जना कर्मचारीको […]

भोलि मंसिर ८ गतेको बन्दबारे नेकपाको आधिकारिक भनार्इ यस्तो आयो

काठमाडौँ । भोलि (शुक्रबार) को नेपाल बन्द अाफ्नो पार्टीले नगरेको नेपाल कम्युनिस्ट पार्टीले स्पष्ट पारेको छ । नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले अाफ्नो पार्टीले शुक्रबार नेपाल बन्दको अायोजना गरेको भन्दै संचारमाध्यम र मानव अधिकारवादी संस्थाहरुको चिन्ताप्रति ध्यानाकर्षण भएको बताएका छन् । नेता पुनले पार्टी चुनाव खारेज अभियानमै रहेको तर मंसिर ८ गते शुक्रबारको नेपाल बन्द […]

प्रधानमन्त्री देउवामाथि हेलिकप्टरबाट झर्ने बित्तिकै बम प्रहार

प्रधानमन्त्री शेरबहादुर देउवा नै बम विष्फाेटमा परेका छन् । देशभर बम विष्फाेटका घटना बढेपछि त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका देउवा अाफै विष्फाेटमा परेका हुन । कालिकाेटकाे काेटवाडामा नेपाली कांग्रेसले अायाेजना गरेकाे कार्यक्रममा प्रमुख अथितिका रूपमा गएका प्रम देउवालाई लक्षित गरि वम विष्फाेट गरिएकाे हाे । देउवा हेलिकप्टरबाट अाज विहानै कालिकाेट गएका थिए । […]

नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने

काठमाडौ, ६ मंसिर । नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ । नेपालका लागि पर्येताकीय गन्तव्यको रुपमा चिनिने चितवनको मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेभएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको मेघौली धावनमार्गमा राट्रिय ध्वजाबाहक नेपाल […]

गिरफ्तार पत्रकार तत्काल रिहा गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौ, ६ मंसीर । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर केही दिन यता पत्ररकालाई उ परेकाे भन्दै गिरफ्तार पत्रकारलाई तत्काल रिहा गर्न माग गरेकाे छ । पत्रकार महासंघका अध्यक्ष गाेविन्द अाचार्यकाे नेतृत्वमा गएकाे डेलिगेशन टाेलीले प्रधानमन्त्री देउवालाई बुधबार साँझ प्रम निवास बालुवाटारमा भेटी साे माग गरेकाे हाे । प्रहरीले देशका विभिन्न ठाउँबाट ८ जना पत्रकारलाई […]

नेपाल विरुद्ध खतरानाक षड्यन्त्रमा दलार्इ लामा, बुद्ध भारतमा जन्मिएकाे भन्दै थाले प्रचार

काठमाडाैं । दलार्इ लामा चीनबाट भागेर भारतमा बस्दै अाएका धर्म गुरु हुन् । उनले चीनका विरुद्ध भारतीय भूमीमा बसेर अनेकाै षड्यन्त्र गरिरहेकाे अाराेप लाग्ने गरेकाे छ । भारतीय खुफिया एजेन्सी रअ र अमेरिकन जासुसी संस्था सिअाइएका लागि उनले काम गर्ने गरेकाे र उनीहरुकै संरक्षण तथा पालनपाेषणमा उनी बसिरहेकाे बताइन्छ । यसका बारेमा फ्री तिब्बतका लागि […]

सरकारले समातेका अधिकां‌श सर्वसाधारण नागरिक

काठमाडाैं, ६ मंसिर । निर्वाचनलार्इ शान्तिपूर्ण बनाउने र उम्मेदवारकाे सुरक्षा गर्नेभन्दै सरकारले देशभर सर्वसाधारण नागरिकमाथिकाे धरपकडलार्इ तीब्र बनाएकाे छ । साे क्रममा नेपाल प्रहरीले अहिलेसम्म ३०० जना गिरफ्तार गरेकाे जनाएकाे छ । तर, गिरफ्तार गरिएका अधिकांश व्यक्तिहरु नेत्रविक्रम चन्द ‘विप्लव’काे नेतृत्वमा रहेकाे नेपाल कम्युनिस्ट पार्टीकाे शुभचिन्तक मात्र भएकाे थाहा भएकाे छ । पक्राउ परेका मध्ये […]