रुक्माङ्गतलार्इ माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने प्रदेशमा प्रमुख बनाएर पठाउने देउवाको तयारी

काठमाडौँ, २३ पुस । सरकारले पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाललार्इ प्रदेश प्रमुख बनाउने तयारी गरेकाे छ । कटवालसहित त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालार्इ समेत प्रदेशकाे प्रमुख बनाउने तयारी शेरबहादुर देउवा नेतृत्वकाे सरकारले गर्न लागेकाे हाे । तर, यस विषयमा सहमति जुटिसकेकाे […]

भिएस निकेतन कलेजका सञ्चालकको नर्भिकमा निधन

काठमाडौं, २३ पुस । पूर्व सांसद तथा प्याब्सनका पूर्व अध्यक्ष डा. बाबुराम पोखरेलको निधन भएको छ । पोखरेलको आज बिहान निधन भएको हो । पोखरेल तत्कालिन संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट समानुपातिक सभासद बनेका थिए । पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए । आज बिहान अचानक ट्वाइलेट जाने क्रममा लडेका पोखरेललाई […]

राजधानीमा आठ वर्षयताकै सबैभन्दा बढी चिसो, शुन्यमा झर्यो तापक्रम

काठमाडौं, २३ पुस । लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो । तापक्रम घटेसँगै […]

कान्तिपुरका मालिक कैलाश सिरोहियासँग २५ करोड माग्दै अजय सुमार्गीले अदालतमा हाले मुद्दा

काठमाडौ, २३ पुस । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया विरुद्ध अर्का चर्चित व्यापारी अजय सुमार्गीले अदालतमा मुद्दा दायर गरेका छन् । पछिल्लाे समय ठूलाे सम्पती कमाएका व्यापारी अजय सुमार्गीले सिराेहियाले अाफ्नाे मिडियाकाे दुरुपयाेग गरी अाफ्ना विरुद्ध गाली बेइज्जयति गरेकाे भन्दै त्यसवापत उक्त रकम भराइ पाउन मुद्दा दायर गरेका हुन् ।  सुमार्गीले काठमाडाैं जिल्ला अदालतमा […]

बाबुराम भट्टरार्इ माअाेवादी केन्द्रमा फर्कदै

काठमाडौं, २३ पुस । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई पुनः माओवादी केन्द्रमै फर्कने तयारीमा रहेको खुलासा भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आफूलाई भेट्न पुगेका केही नेताहरुसँगको भेटमा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल)ले उक्त कुराको खुलासा गरेका हुन् । उनले नेताहरुसँगको भेटमा आफ्नो केही समयदेखि डाक्टर भट्टराईसँग पार्टी एकता बारेमा […]

ब्रिटिश काउन्सिलमा नै हुन्छ लाखौमा प्रश्नपत्र बिक्री, कलेज सञ्चालकसहित १३ पक्राउ

काठमाडाैं, २३ पुस । काठमाडौंस्थित ब्रिटि स काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा प्रश्नपत्र किनबेच हुने गरेको खुलेको छ । प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये विद्यार्थीहरुलाई छाडिएको छ भने अन्यलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार प्रश्नपत्र आउट गराउँछु भन्दै विद्यार्थीहरुबाट मोटो रकम असुलेको भेटिएको छ […]

टिपरको ठक्करबाट स्कुटीलाई ठक्कर दिँदा युवतीको मृत्यु

बनेपा, २२ पुस । एउटै दिशाबाट आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिँदा बनेपामा एक युवतीको मृत्यु भएको छ । काठमाडाँैबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४६४९ नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ५५ प ३७२५ नंको स्कुटीलाई ठक्कर दिँदा कञ्चनपुरको शुक्लाफाँटा–८ निवासी २० वर्षीया स्कुटी चालक विमला ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

ललितपुर १ बाट बामदेवलार्इ जिताउन कमरेड ‘किर्तेबहादुर’लाई जेल पठाउने तयारी !

काठमाडौं, २१ पुस । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले पूर्व डिअाईजी तथा ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवालाई जेल पाठएर त्यही क्षेत्रबाट वामदेव गौतमलाई जिताउने डिजाइन भएको हुन सक्ने अाशंका व्यक्त गरेका छन् । नेकपा एमालेप्रति कडा टिप्पणी गर्दै अाएका संग्रौलाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ”गुण्डा नाइके मनाङ्गेलाई माननीय भन्नुपर्ने, उता कमरेड किर्तेबहादुर राजधानीबाट बाहिरिए […]

रुघाखोकी र भाइरल ज्वरोका कारण जाजरकोटमा ९ को मृत्यु

जाजरकोट, २२ पुस । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण जाजरकाेटमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका ३ का ६७ वर्षीय करसिंह टमटा, २ का ५७ वर्षीय आइती तिरुवा, जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ बर्षका सतरुप शाहीको , ८ वर्षिय धनवहादुर विक र ४ बालबालिका […]

यसरी भयो एमाले व्यवसायीको दिउसै गोली हानी हत्या

बुटवल, २२ पुस । रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली हानेका हुन् । छातीमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इप्रका बुटवलका डिएसपी पवन भट्टराईले बताए । आजको […]