संसदका भार कता फरार ?

सांसदमा निर्वाचित ३ जनप्रतिनिधिलाई नेपाल प्रहरीले अपराधी करार गर्दै ‘वान्टेड’को सूचीमा राखेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचित पूर्वडीआईजी नवराज सिलवाल, रेशम चौधरी र प्रदेश सांसदमा विजयी राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न प्रहरीले ‘वान्टेड’को सूचीमा राखेको हो । आईजीपी बढुवामा कार्य सम्पादन मूल्याङ्कन (कासमु) कीर्ते गरी अदालत गएको आरोप पूर्वडीआईजी नवराज सिलवालमाथि लागेको […]

अब अनलार्इनबाटै प्रेस काउन्सिलमा उजुरी दिन सकिने

काठमाडौं, ७ माघ । प्रेस काउन्सिलसँग सम्बन्धित उजुरीहरु अब अनलाइनबाटै गर्न सकिने भएको छ । आइतबार एक कार्यक्रमबीच प्रधान न्यायाधीश गोपाल पराजुलीले काउन्सिलको यसखाले अनलाइन प्रणालीको उदघाटन गरे । प्रेस काउन्सिल नेपालले सूचना विभागमा आयोजना गरेको अनलाइन उजुरी प्रणालीको सञ्चालन शुभारम्भ समारोहमा प्रधान न्यायाधीश पराजुलीले प्रणालीको उदघाटन गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै काउन्सिलले महत्त्वपूर्ण […]

नेपालमै बन्यो यस्तो चीनको जस्तै खतरानाक पुल, भिर खोपेर पुल निर्माण (फोटोफिचर भिडियाे सहित)

गाेरखा । उत्तरी गोरखामा भिर खोपेर बनाइएको दुईवटा ‘क्यान्टिलिभर’ पुल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका–१ केरौँजास्थित यारु बगर र चुमनुव्री गाउँपालिका–६ चुम्चेतस्थित सर्दिभिरमा बनाएको पुल हस्तान्तरण भएको हो । यारु बगरमा बनेको पुल एक सय ९५ मिटर लामो छ । चुमनुव्रीको सर्दिभिरमा निर्माण गरिएको पुल ९० मिटर लामो छ । मनास्लु पदमार्गको यारु […]

प्रहरीको बाक्लो घेरा देखेपछि दिपक मनाङे सपथ नलिएरै टाप

पोखरा, ७ माघ । प्रहरीले पक्राउ गर्ने पक्कापक्की नै भएकाे थाहा पाएपछि मनाङबाट प्रदेश सभा सांसदमा निर्वाचित सपथग्रहण समाराेहमा अनुपस्थित भएका छन् । ४ नम्बर प्रदेशको अस्थायी केन्द्र पाेखरामा अाज अायाेजना गरिएकाे सपथ ग्रहण समारोहमा मनाङे अनुपस्थित भएका हुन् । मनाङे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट विजयी भएका थिए । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र […]

प्रादेशिक राजधानी लफडाको ब्युहरचना र यसको उदेश्य

लफडाको ब्युहरचनाः देउवा सरकारद्वारा प्रादेशिक राजधानीका अस्थायी केन्द्रहरु तोकिएपछि यो निर्णय विबादित बन्न पुगेको छ । केही दिन यता देशका बिभिन्न भागहरुमा यसका बिरुद्ध भइरहेका आन्दोलनले राजनीतिक माहोल तताएको छ । वास्तवमा यतिबेला बिना गृहकार्य गैरजिम्मेवारीपनकासाथ प्रादेशिक केन्द्रहरु तोकिनु र त्यही बिषयलाई आन्दोलनको नाममा जीवनमरणको लडाई बनाउनु दुबै कुरा गलत हुन । यो समय सबै […]

चिसोमा कठ्याङ्ग्रिएर रौतहटमा मात्र २४ को मृत्यु

राैतहट, ७ माघ । रौतहटमा चिसोले मर्नेको संख्या २४ पुगेको छ । चिसोकै कारण ज्यान गएको भनेर आफन्तले प्रहरीमा दर्ता गरेका मृतकको संख्या २४ पुगेको हो । तर, रौतहटका उपरीक्षक यज्ञविनोद पोखरेलले प्रहरीमा दर्ता भएका सबैको मृत्यु जाडोकै कारणले भएको निश्चित नभएको बताए । पोस्टमार्टम रिपोर्टपछि मात्र जाडोबाट या अन्य कारणले मृत्यु भएको यकिन हुने […]

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, राजपा र संघीय फोरम मिलेर वामगठबन्धनलार्इ तह लगाउने

काठमाडाैं, ७ माघ । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ । उम्मेदवारी मनोनयनअघि नै तालमेलको टुंगो लगाउने गरी तीनै दल शनिबारबाटै गृहकार्यमा जुटेका छन् । माघ २४ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले सोमबारसम्म उम्मेदवारी टुंगो लगाउने तयारी रहेको कांग्रेस नेताहरूले बताएका छन् । बालुवाटारमा शनिबार […]

देउवासँग सबैभन्दा बढी आक्रोशित उनकै निकटका नेताहरु, प्रकाशमानसमेत देउवासँग भिड्दै

Sher Bahadur Deuba

काठमाडाैं, ७ माघ । कांग्रेस संसदीय दलको निर्वाचनमा संस्थापन पक्ष नै हाबी हुने देखिएको छ । प्रत्यक्ष निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका धेरै विजयी भए पनि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको सूचीको प्राथमिकताका आधारमा सांसद छनोट गरिए सभापति शेरबहादुर देउवा पक्ष हाबी हुनेछ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले २३ सिट जितेको छ । ४० सिट समानुपातिकतर्फ […]

कुवेतबाट नेपाली कामदारका परिवारलाई १० करोड

काठमाडाैं, ७ माघ । पछिल्लो २ वर्षभित्र नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट झन्डै १० करोड रुपैयाँ बरारको क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगारीका क्रममा कुवेत गएर सम्झौता अवधिमा मुत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्तिबापतको १० करोड रुपैयाँ नेपाली राजदूतावासको पहलमा रोजगारदाताबाट भराइएको हो । मृत्यु भएको लामो समय बितिसक्दा पनि रोजगारदाताले क्षतिपूर्ति दिन बाँकी ९२ […]

देशभरका काँग्रेसको भक्तपुरमा भेला

भक्तपुर, ७ माघ । नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियान भक्तपुरबाट शुरु भएको छ । ‘हाम्रो अभियान हाम्रो काँग्रेस’ भन्ने नाराका साथ नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि एक दिने कार्यशाला भक्तपुरबाट शुरु भएको हो । यसअघि सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा गर्दै पार्टीलाई मजबुत बनाउने अभियान भक्तपुरबाट शुरु भएको नेपाल तरुण […]