भूकम्पबाट क्षति भएका तेह्र हजार घर निर्माण

हेटौँडा, ५ साउन । मकवानपुर जिल्लामा महाभूकम्पबाट क्षति भएका भवन संरचनामध्ये १३ हजार ७० वटा घरको पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण प्राधिकरणका अनुसार मकवानपुरमा हालसम्म पहिचान भएका ३४ हजार ३०० लाभग्राहीमध्ये १३ हजार ७० वटा घर पुनःनिर्माण भइसकेको छ । भूकम्पपछिको पुनःनिर्माणको अवस्थाबारे पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइद्वारा उपलब्ध तथ्याङ्कमा सो उल्लेख गरिएको छ । […]

अब छिट्टै चन्द्रमामा मानव बसोबास !

एउटा १२ पाङ्ग्रे वाहन खैरो धुलो उडाउँदै नौलो सतहमा छाप छोड्दै हिँड्छ। त्यो अन्तरिक्ष ट्रकुमा वायुचाप नियन्त्रित खण्ड छ जहाँ अन्तरिक्ष यात्रुहरू अन्तरिक्ष पोशाक नलगाइ नै श्वास फेर्नसक्छन्। उनीहरू आफ्नो मूल कार्यस्थानभन्दा केही किलोमिटर पर दिनभर पानी(हिउँ अवशेष भएको स्थानको अध्ययन गरेर थाकेका छन्। यो सन् २०५० को चन्द्रमा हो। एउटा वाहन एउटा विशाल खाल्डोको […]

दुई गाउँ जोड्ने पुल बनेपछि छोटियो यात्रा

बलेवा, ५ साउन । चिप्लेटी खोलाले बनाएको गल्छीमा उकालीओराली गर्दै वषौंँदेखि यात्रा गर्दै आएका बागलुङको गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका दुई गाउँका स्थानीयवासीलाई झोलुङ्गे पुल बनेपछि सहज भएको छ । दुई गाउँबीच आउजाउ गर्न कठिनाइ भएपछि स्थानीयवासीको सक्रियतामा चिप्लेटी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको हो । गलकोट नगरपालिका–१० पाण्डवखानीको चिप्लेटीदेखि बडीगाड गाउँपालिका–३ सिसाखानी जोड्ने ठूलो […]

पर्यटकीय सिक्लेससम्मको सडक स्तरोन्नति शुरु

कास्की, ५ साउन । नेपालको शान्ति प्रक्रियाको प्रस्थान विन्दुको रूपमा परिचित कास्कीको मादी गाउँपालिकामा अवस्थित पर्यटकीय सिक्लेस गाउँसम्म पुग्ने सडक स्तरोन्नति शुरु भएको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयमातहतको पूर्वाधार विकास कार्यालय कास्कीले पोखरा महानगरपालिका–१३ विजयपुर खोलादेखि मादी गाउँपालिका– १ सिक्लेससम्मको सडक स्तरोन्नति गरेर कालोपत्रे गर्ने कार्य अघि बढाएको हो । विसं २०६० मा सडकको ट्र्याक […]

काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौँ, ४ साउन । नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको […]

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

काठमाडौँ, ५ साउन । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो । काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले राससलाई जानकारी दिए । […]

वडाध्यक्षको तलब ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई

भीमदत्तनगर, ५ साउन । स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर भुन्टुले आफूलाई आएको तलब भत्ता वडामै वितरण गरेका छन् । आइतबार बिहान वडा नं। १ को वडा कार्यालयमा गाउँका ज्येष्ठ नागरिक ७० वर्ष माथिका र अपाङ्गता भएका व्यक्तिलाई अध्यक्ष कुँवरले आफूलाई आएको रकम हस्तान्तरण गरेका […]

नारायणीमा पानीजहाज संचालनमा ल्याइने

चितवन, ५ साउन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो । सम्भाव्यता […]

निर्माण सकेको दुई महीनामै रोशी पुल भासियो

काभे्रपलाञ्चोक, ५ साउन । निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो । रु तीन करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव […]

विप्लवका प्रभावशाली नेता माइला लामालाई वेपत्ता पारेको परिवारको दावी

काठमाडौं । गएराति काठमाडौंको काँडाघारीबाट समातिएका भनिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामालाइ वेपत्ता पारिएको परिवारका सदस्यले जनाएका छन् । मध्यराति ठूलो संख्यामा प्रहरीले काठमाडौंको काँडाघारीमा उनी बसेको घर घेरा हालेर उनलाइ पक्राउ गरिएको बताइएको छ । तर, अहिलेसम्म उनलाइ कहाँ राखिएको छ भन्ने बारे प्रहरीले कुनै जानकारी दिन नमानेको पारिवारिक स्रोतको दावी छ […]