शिखर सम्मेलनमा बालविवाह अन्त्य गर्ने विषय उठान गर्न माग

काठमाडौँ, १ असोज । बालविवाह अन्त्य गर्ने अभियानमा क्रियाशील रहेका विभिन्न १७ वटा गैरसरकारी सस्थाले दिगो विकाससम्बन्धी शिखर सम्मेलनमा बालविवाहको विषयलाई उठान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । यही असोज ६ र ८ गते न्युयोर्कमा आयोजना हुने सो शिखर सम्मेलनमा नेपालले भाग लिँदैछ । दिगोे विकासका लक्ष्यलाई सन् २०३० भित्र हासिल गर्न बालविवाह अन्त्य गर्न […]

सिन्धुलीमा बस दुर्घटना हुँदा २३ जना घाइते

सिन्धुली, १ असोज । सिन्धुलीमा आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । यहाँको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । काठमाडौँतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिका–६ कानढुङ्ग्रीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको […]

दूध किन्न गोठमै पुग्छन् ग्राहक

बाँके, १ असोज । तपाई दूध किन्नका लागि डेरी पसल वा किसानको गोठमै पुगे भने तपाईलाई पहिलो प्रश्न सोधिन्छ, दूध कति लिटर चाहियो रु तपाईले प्रतिलिटर दूधको मूल्य सोध्दै आवश्यकताअनुसार दूध माग्छन । पसले वा किसान आफैँले दूध लिटरले नापेर तपाईलाई दिन्छन् । यो अहिलेसम्म चलिआएको पद्धति नै हो भन्नुपर्छ तर बाँकेको कोहलपुर नगरपालिका–११ को […]

११ हजार कर्मचारीका लागि विज्ञापन खुल्दै

काठमाडौं १ असोज। संघ र स्थानीय तहमा गरी ११ हजार कर्मचारी पदपूर्ति गरिने भएको छ । विभिन्न कारणले स्थानीय तहमा ६ हजार र संघमा ५ हजार कर्मचारीका पदहरू रिक्त छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश लोकसेवा आयोग गठन हुनुअघि स्थानीय तहले पदपूर्तिका लागि माग गरेका पदहरू लोकसेवा आयोगले पदपूर्ति गर्नेछ । […]

धावनमार्ग विस्तारका लागि सेनालाई विकल्प

चितवन, १ असोज । भरतपुर विमानस्थल विस्तारका क्रममा नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि भरतपुर महानगरपालिकाले वैकल्पिक स्थान तय गरेको छ । महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार नेपाल ट्रष्टको नाममा रहेको पुरानो दरबार दियालो बङ्गला पहिलो प्राथमिकतामा राखिएको छ । भरतपुर महानगरपालिका–१ आँपटारीस्थित सो बङ्गला क्षेत्रमा ७० बिघा हाराहारी जमीन रहेको दाहालले […]

सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः मन्त्री विष्ट

काठमाडौँ, १ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताए । नेपाल शिक्षक महासङ्घले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक तथा निजी विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउँदै न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराइने प्रतिबद्धता व्यक्त […]

सौर्य बत्तीले बजार झिलिमिली

जुम्ला, १ असोज । सडकको विकाससँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरण बढ्दै गएको छ । एक दशक पहिला सुनसान देखिने कर्णाली राजमार्ग आसपासका बस्ती, बजारमा स्थानीय सरकार आएसँगै सौर्य बत्तीले चहलपहल बढाएको छ । तिला गाउँपालिकाको रारालिही, कुडारी , तिलाकोट, जर्मी, एैरेनीलगायत क्षेत्रका बजार बाक्लिँदै गएको हो । अहिले तीन दर्जनभन्दा बढी होटल व्यवसाय, […]

‘काबेली बी वान’ को २५ मेगावाट दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी

ताप्लेजुङ, १ असोज । काबेली बी वान जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् दशैँअगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ । आयोजनाको निर्माण पूरा भएसँगै परीक्षण उत्पादन शुरु गरिएको छ । दशैँअगावै काबेली करिडोरमार्फत केन्द्रीय प्रशारण लाइनमा जोड्न आवश्यक तयारी भइरहेको आयोजना निर्माण कम्पनी अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश न्यौपानेले जानकारी दिए । […]

वन्यजन्तुको आक्रमणमा मृत्यु भएका र क्षति पुगेकालाई राहत

तनहुँ, १ असोज । डिभिजन वन कार्यालयले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका तथा घाइतेलाई रु ४४ लाख १९ हजार ७०४ राहत रकम वितरण गरेको छ । चितुवाको आक्रमणबाट जिल्लामा चारको मृत्यु र भालुको आक्रमणबाट सात घाइते भएका थिए । सोही क्षेत्रमा चितुवाको आक्रमणबाट तीन गाई, १२ बाख्रा, एक भेडा र एक सुँगुरको मृत्यु भएको थियो । […]

१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

चितवन, १ असोज । सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ । चन्दले सरकारले तोकेभन्दा बढी शुल्क […]