कोरोनाले स्पेनकी राजकुमारीको निधन, राजकुमार पनि संक्रमित

काठमाडौं, १५ चैत । कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । युवराज्ञीका कुनै सन्तान छैनन् । […]

बेल्जियमबाट नेपाल आएकी युवती पनि कोरोना संक्रमित

नेपालमा कोरोना भइरसको पाँचौ संक्रमण देखिएकाे छ । बेल्जियमबाट नेपाल आएकी युवती संक्रमित भएकी छन् । काठमाडौ बाट बागलुङस्थित घर पुगेकी उनमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । घरमै क्वारेन्टाइनमा बसेकी उनलाई कोरोनाको लक्षण देखिएपछि चेकजाँचका लागि स्वाव काठमाडौं ल्याइएको थियो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुँदा उनमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको […]

कोरोनाको त्रासबीच विराटनगरमा बिभत्स हत्या, ९ दिनसम्म बन्धक बनाइ साथीलाइ कुटेर साथीले हत्या गरेको आरोप

विराटनगर । कोरोनाले विश्वलाइ त्राही त्राही बनाइरहँदा माेरङमा एक बिभत्स हत्या भएकाे छ । आर्थिक अवस्था निकै कमजाेर भएका र घरपरिवारमा पनि राम्राे सम्बन्ध नभएका एक युवककाे सँगै काम गर्ने छिमेकीले ९ दिनसम्म कुटीकुटी हत्या गरेकाे खुलेकाे छ । ९ दिनसम्म छिमेकीले कुटिकुटी आँखासमेत फुटाल्दा पनि ती युवक कतै भाग्न पनि नसकेकाे पाइएकाे छ । […]

विश्व मानव जीवनको भविष्य अनिश्चित दिशातिर गइरहेको डब्लुएचओको चेतावनी, अहिलेको क्षति सुरुवात मात्र

काठमाडौं, १५ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीका कारण विश्वको भविष्य अनिश्चित दिशातिर गइरहेको बताएको छ । कोरोना (कोभिड–१९) भाइरसको महामारीको अहिलेको क्षति शुरुवात मात्र भएको बताउँदै डब्ल्यूएचओले कोरोना महामारीको धनजनको क्षति यतिमै रोकिने अवस्था नरहेको पनि जनाएकाे छ ।    विश्वका धेरै देशमा यो महामारीको भर्खर सुरु मात्रै भएको बताउँदै डब्ल्यूएचओले बेलैमा […]

टेकु अस्पतालमा उपचाररत तीन कोरोनाका बिरामीको यस्तो छ अवस्था

काठमाडौं, १५ चैत । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएपछि अस्पतालले युवती अस्पतालमै रहेको र उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जनाएको […]

नेपाललाइ सहयोग गर्न कोरियामा उठाइयो करोडौ सहयोग, २ हजार कोरोना जाँच किट पठाउने तयारी

काठमाडौं, १५ चैत । गैर अावासीय नेपाली संघ काेरियाले नेपाललाइ कोरोनाकाे भाइरस जाँच्ने किट सहयाेग गर्ने भएकाे छ । एनअारएन काेरियाले काेराेना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स सहयाेग गर्ने जनाएकाे छ । उक्त किट खरिद गर्नका लागि एनअारएन काेरियाले काेरियामा रहेका नेपालीबाट दुई दिनमा रु एक करोड बीस लाख […]

धनगढीमा पनि भेटिए कोरोना संक्रमित

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिँदै देवकोटाले थप एक नेपालीमा संक्रमण भएको पुष्टि भएको बताएका हुन्। दुबईबाट आएका उनी चैत ११ गते […]

लकडाउनमा ताजा तरकारी पाइएन : मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ

सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् । सामान उपलब्ध भए पनि नदिने र बढी मूल्य लिएर बिक्रीसमेत गरेका छन् । यद्यपि सरकारले त्यस्ता व्यापारीलाई कारवाहीसमेत गरिरहेको छ । संसार नै कोरोनाको महामारीसँग जुधिरहेका बेला सबै व्यापारी उस्तै छैनन् । उनीहरुले […]

‘कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ’

सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको छ । प्रेस काउन्सिल नेपालले कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा उक्त निर्देशिका हालै जारी गरेको हो । […]

कोरोना त्रासः जुमाको नमाज घरमै पढे कपिलवस्तुका मुस्लिम समुदायले

कपिलवस्तुका मुस्लिम समुदायले शुक्रबारीय जुमाको नमाज घरमै पढेका छन् । कोरोना भाइरसको त्रास बढेपछि सरकारले लकडाउन गरेपछि मुस्लिम समुदायले शुक्रबार घरमै बसेर जुमाको नमाज पढेका हुन् । मुस्लिम समुदायको बाहुल्यता रहेको जिल्लाका मुस्लिम समुदायले हरेक शुक्रबार मस्जिदमा गई जुमाको नमाज पढ्ने गरेकोमा कोरोना त्रासका कारण आ–आफ्नै घरमा जुमाको नमाज पढेको मदरसा बोर्ड प्रदेश ५ का […]