२४ घन्टामा थपिए ३८० जना संक्रमित, संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६५ सय ९१ पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर […]

लद्दाखमा भारत–चिनियाँ सैनिकबीच झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं, २ असार । भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ। पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ। सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान […]

क्वारेन्टिनमै दुलाहा दुलहीले गरे मास्क लगाएर बिवाह

दाङ । भारतबाट आएर क्वारेन्टिनमा बसेका एक जोडीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाटै विवाह भएको छ । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित क्वारेन्टिनमा बसेका जोडीको परिवारको सहमतिमा विवाह गरिएको वडा अध्यक्ष भरत अर्यालले जानकारी दिए । ‘भारतबाट आएर क्वारेन्टिनमा बस्नु भएको थियो । माया–प्रेम र चिनजान भारतमै भएको रहेछ’ उनले भने, ‘क्वारेन्टिनमा बसेको […]

क्वारेन्टिनमा सामूहिक बलात्कार गर्ने ३ स्वयमसेवकलाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाकाे एक क्वारेन्टिनमा राखिएकी महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कैलाली जिल्ला अदालतले करणी सम्बन्धी कसूरमा उनीहरुलाइ अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ […]

सरकारको भ्याकेटको खारेज गर्दै कर सम्बन्धि सर्वोच्चले गर्यो पुरानै आदेश सदर

काठमाडौं, १ असार । सर्वोच्च अदालतले सरकारकाे भ्याकेट खारेज गरेकाे छ । लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने सरकारकाे सर्वाेच्चकाे आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट)लाइ सर्वोच्चले खारेज गरिदिएको हाे । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले तत्काल कर नलिन सर्वोच्चले जारी गरेको अन्तरिम आदेश खारेजीको माग […]

रुकुम सोती घटनाका बारेमा नवराजकी प्रेमिका भनिएकी युवतीले दिइन यस्तो सनसनीपूर्ण बयान

काठमाडौँ । रुकुमकाे चाैरजहारी नगरपालिका साेतीमा भएकाे घटनाले अहिले देश पूरै तातिएकाे छ । त्यसका बारेमा विभिन्न टिकाटिप्पणी भएकाे छ । सामाजिक सञ्जालमा घटनामा मारिएका नवराज बिककी प्रेमिका भनिएकी युवती सुष्मा मल्लका बारेमा अनेक आरोप पनि लगाउने गरेका छन । उनले नवराजलाइ बोलाएर उनीहरु सोती गएको भन्दै सुष्माले नवराजलाइ गरेको भनिएको म्यासेजहरु पनि सामाजिक सञ्जालमा […]

कर्णाली प्रदेशले गर्यो मन्त्री-कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता र खाजा खर्चमा कटौती

सुर्खेत, १ असार । आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएकाे कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधामा कटौती गरेको छ । कर्णाली प्रदेश सरकारका अार्थिक मामिला मन्त्री प्रकाश ज्वालाले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट पेश गर्दै मन्त्री, राजनीतिक पदाधिकारी र […]

राणाहरु विरुद्ध यसरी भएको थियो नेपालको पहिलो विद्यार्थी आन्दोलनः जयतु संस्कृतम्

काठमाडौँ । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् इतिहासमा विशिष्ठ महत्व राखेको छ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ । सोमबार (असार १ गते) ७४ औँ स्मृति […]

नेपाललाइ टुक्राइदिने धम्की दिने सरिता गिरीको सांसद पद निलम्बन हुने

काठमाडौं, १ असार । लिम्पियाधुरा-कालापानी-लिपुलेकसहितको भूगोल समेटेर नेपालको नक्सा संशोधन गर्ने विधेयकमा पार्टीको ह्वीपसमेत नमानेर त्यस विरुद्ध लागेको भन्दै सांसद सरिता गिरीमाथि उनको पार्टीले कडा कारवाही गर्ने भएको छ । जनता समाजवादी पार्टीले उनलाइ पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काषण गर्ने र उनको सांसद पद समेत निलम्बन गर्ने तयारी गरेको छ । समाजवादी […]

पछिल्लो २४ घन्टामा कर्णालीमा भेटिए थप ५२ जना कोरोना संक्रमित

सुर्खेत, ३२ जेठ । पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेशमा कोरोनाको त्रास अझ बढेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार थप ५२ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका […]