कर्मचारीको कार्यक्रममा मन्त्रीको दावी, सबै पालिकाले शिक्षा अधिकारी पाउनु ठूलो सफलता

भक्तपुर, १५ बैशाख । नेपाल निजामती कर्मचारी संगठन स्थापनाको २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त संगठनको शिक्षा विभागीय कार्यसमितिले चार कार्य एकसाथ सम्पन्न गरेको छ । सानोठिमीमा आयोजित एक बिशेष कार्यक्रमकाबीच चार कार्य एकसाथ सम्पन्न गरिएको हो । शिक्षा विभागीय कार्यसमितिका अध्यक्ष शिवराज पोखरेलको अध्यक्षताका भएको उक्त कार्यक्रममा संगठनले शिक्षा सेवाबाट बिशिष्ठ श्रेणीमा बढुवा भएका […]

सडकमा गुडिरहेको कारमाथि क्रेन खस्दा च्यापिएर ४ को मृत्यु

काठमाडाैं । अमेरिकाको सियाटलमा क्रेनको केही भाग खसेर सडकमा गाडी च्यापिँदा चारजनाको ज्या गएको छ। निर्माण क्षेत्रमा प्रयोग भएको क्रेनको केही भाग अचानक सडकमा खस्दा गुडिरहेका गाडी च्यापिएका हुन् । घटनामा तीनजना घाइते भएका छन् । सियाटलको साउथ लेक युनियन डिस्ट्रिकको बाटोमा क्रेन खसेको हो । ज्यान गुमाउनेमा दुईजना क्रकेनका चालक हुन् भने अरु दुईजना […]

खुल्लामञ्चमा चल्यो डोजर, व्यापारीको भागाभाग

काठमाडौं । नक्कली कागजात तयार पारेर बेचिएकाे खुल्लामञ्चमा बनाइएका संरचना हटाउन डाेजर लगाइएकाे छ । काठमाडौं महानगरपालिकाले खुल्ला मञ्चका भौतिक संरचना हटाउन डाेजर लगाएकाे हाे । शनिवारदेखि डोजरको प्रयोग गरेर अवैध संरचना हटाउनेकाे काम सुरु भएकाे महानगरपालिकाका एक कर्मचारीले ननस्टपखबरलाइ जानकारी दिए । खुलामञ्चभित्र बनाइएका सटर लगायतका संरचनाहरु डोजरले भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुमा भागाभाग […]

खुल्लामञ्च बेचेर बनाइएका संरचना भत्काउन निर्देशन

काठमाडौं, १४ बैशाख । नक्कली कागजपत्र तयार पारेर बेचिएको खुल्लामञ्चका संरचना भत्काइने भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चको जग्गामा निर्माण भएको संरचनाको विषयमा अनुगमन गर्न उपमेयर हरिप्रभा खड्गीलाई पत्र लेखेका छन । कामपा अनुगमन समितिको संयोजकसमेत रहनुभएका उपमेयर खड्गीलाई गएको चैत २४ गते सम्पन्न नगरसभाको बैठकमा खुला मञ्चको जग्गाको विषयमा अनुगमन गर्न […]

घरेलु हतियार देखाएर कर्मचारीलाई तर्साउँदै तस्कर

जनकपुरधाम, १४ बैशाख । सीमा क्षेत्रमा पछिल्लो समय तस्करी निकै बढेको छ । तस्करहरुले कर्मचारीलाई घरेलु हतियार देखाएर तर्साउने समेत गरेका छन् । सशस्त्रको टोली टोली र भन्सार कर्मचारीको निरिहताका कारण तस्कर सल्बलाइरहेको स्थानीय व्यापारी बताउँछन । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ । […]

टेलिकमले ल्यायो विद्यार्थीहरूका लागि निशुल्क सिमसहित विशेष प्याकेज

काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरूका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भइरहेको छ । पहिलेदेखि नै उपलब्ध सो अफरलाई विद्यार्थीहरूको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिइएको जनाएको छ । […]

स्थानीय जनप्रतिनिधिको कोटामा छोराछोरी विदेश भ्रमणमा पठाइयो

जुम्ला, १३ बैशाख । स्थानीय निकायका जनप्रतिनिधिको कोटामा एक नगरपालिकाका प्रमुखले आफ्ना सन्तानलाई विदेश भ्रमणमा पठाएको खुलेको छ । जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले जनप्रतिनिधिको कोटामा आफ्नी छोरीलाई विदेश भ्रमणमा पठाएकी हुन् । उक्त भ्रमणमा उक्त नगरपालिकाका तर्फबाट प्रमुख र उपप्रमुख जानुपर्ने थियो । तर, प्रमुख सेजुवालले उक्त भ्रमणमा कसैलाई थाहा नदिएर गोप्य रुपमा […]

भूकम्पले ल्याएको अवसर

गोरखा,भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ । गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन् । पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल थियो । घरघरै एम्बुलेन्स पुग्ने सडक थिएन । अहिले बस्तीको बीच भाग भएर सडक खुलेको छ । पुरानो ढुंगामाटोको […]

त्रिभुवन विमास्थलबाट आइतबार मात्र छिर्यो एक करोडको सुन

काठमाडौं, ८ बैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आइतबार एक करोडको सुन बरामद गरिएको छ । प्रहरीले विमानस्थलको पार्किङ एरियाबाट तस्करी गरिएको सुनको बालासहित दुई बिदेशी नागरिकलाई पनि पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएका प्रहरीले पार्किङ क्षेत्र भियनतामी भो थी मोइ र कमबोडिन थेब्बी यू पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ८५ लाख […]

ओली सरकारविरुद्ध कडा प्रतिरोध गर्ने बेला आएको विप्लवको चेतावनी

काठमाडौं । सरकारले आफ्नो पार्टी र नेता कार्यकर्तामाथि व्यापक मात्रामा धरपकड गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले यो क्रम जारी रहे अब कडा प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् । महासचिव विप्लवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । पछिल्लो समय दाङबाट तीन जना केन्द्रीय सदस्यहरु गिरफ्तार गरिएको […]