विप्लवका उपत्यका ब्यूरो इन्चार्ज तथा चर्चित कलाकार माइला लामा पक्राउ

काठमाडौं, ५ साउन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । पछिल्लो समय उपत्यको कमाण्ड गरिरहेका पार्टी केन्द्रीय सदस्य समेत रहेका लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो । काँडाघारीको एक घरमा रहेका लामालाई घर घेरा हालेर समातिएको बताइएको छ । उनको साथमा […]

युएइमा बेचिएका युवाको दर्दनाक कथा

काठमाडौँ, ४ साउन । सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई । परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट हरेक दिन एक हजारबढी युवा सुन्दर भविष्यको खोजीमा विदेशिन्छन् । कोही असाध्यै कष्टका […]

मन्त्रीमण्डल तत्काल परिर्वन : पौडेल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारको मन्त्रीमण्डल तत्काल परिर्वन गर्नुपर्ने बताएका छन् । प्रदेश ५ को बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै नेता पौडेलले मन्त्रीमण्डल तत्काल परिर्वन गर्नुपर्ने बताएका हुन् । सरकार सुशासनको दिशामा कमजोर देखिएको स्वीकार गर्दै नेता पौडेलले त्यसै कारण पनि मन्त्री मण्डल परिवर्तन हुनुपर्ने तर्क गरे । […]

लोकसेवाको परीक्षा बिथोल्न खोज्ने चार जना पक्राउ

खोटाङ, ४ साउन । लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चार जनालाई पक्राउ गरेको छ । खाेटाङकाे सदरमुकाम दिक्तेलमा शनिवार बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन […]

अब प्रम ओलीले सिंहदरवारको एक्सन रुममा बसेर ११ गौरवका आयोजनाको सीसीटीभीबाट अनुगमन गर्ने

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न आयोजनास्थलमा ‘आयोजना अनुगमन प्रणाली’ जडान गर्न कार्य अन्तिमचरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट नै ती आयोजनाको अनुगमन गर्न सिसीटिभी जडान गर्न थालिएको हो । अहिलेसम्म पाँच वटा आयोजनास्थलमा ‘आइपी क्यामेरा’ जडान गरिसकिएको […]

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्, जिम्बाबे क्रिकेट बोर्ड निलम्बन

३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए […]

आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय भूमीको मृत्यु

भक्तपुर, ३ साउन । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ । तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

जडिबुटी चोरी आरोपमा वडाध्यक्षमाथि नै कुटपिट

जुम्ला, ३ साउन । पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् । लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर कमिज च्यातेको आरोप छ । कालीबहादुर रावललगायतका स्थानीयवासीको अगुवाइमा […]

टिफिन बक्सभित्र राखेको बम विष्फोट हुँदा घाइते भएका मध्ये एकको मृत्यु

धनगढी, ३ साउन । धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा बिहीबार साँझ भएको विष्फोटन परी घाइते भएका एक जनाको मृत्यु भएको छ । विष्फोटमा परी पाँच जना घाइते भएका थिए । बिहीबार साँझ ६ः४५ बजे धनगढीको चटकपुरमा रहेको निलम होटेल अगाडि भएको विष्फोटनमा परी घाइते भएका मध्ये राम सिंह नाम गरेका व्यक्तिको गएराति मृत्यु भएको हो । उनको […]

सर्लाहीमा घुस रकमसहित ईन्जिनियर समातिए

सर्लाही, ३ साउन । सर्लाहीको सदरमुकाम मलंगवाबाट विहीवार घुस रकम सहित एक ईन्जिनियर अख्तियारको फन्दामा परेका छन् । सर्लाही रामनगर गाउँपालिकाका ईन्जिनियर रामजीबाबू यादब घुस रकम सहित रंगेहात पक्राउ परेका हुन् । गाउँपालिकाको बिकाश निर्माणमा विभिन्न उपभोक्ता समितीका पदाधिकारीसंग रकम नलिई काम नगर्ने गरेको उजुरीको आधारमा ईन्जिनियर यादबलाई घुस रकम ५० हजार सहित सदरमुकाम मलंगवाको […]