काठमाडौँ महानगर प्रमुख शाक्यसँग नागरिक सुनुवाईमा जनताले राखे प्रश्न र गुनासो

    काठमाडौँ । समुदाय संगै मिलेर शान्ति सुरक्षामा सहकार्य बढाउदै आएको जनसेवा सामुदायिक केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको  आयोजनामा मंगलवार काठमाडौँको बसन्तपुरमा ‘शान्ति सुरक्षा सम्बन्धी नागरिक सुनुवाई’ कार्येक्रम भएको छ । महानगरीय प्रहरी वृत्त, जनसेवाका निवर्तमान प्रमुख प्रहरी नायव उपरीक्षक मोहन कुमार थापालाई बिदाई र वर्तमान प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द ईवा लिम्बूलाई […]

नेपालमा इन्टरनेट प्रयोगकर्ता ३ गुणा बढे

काठमाडौ । इन्टरनेट प्रयोगकर्ताको संख्या ५ वर्षमा तीन गुणा बढेका छन् । दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६९ मंसिर अन्त्यसम्ममा ५२ लाख ७८ हजार ३ सय ७४ रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर एक करोड ६७ लाख ३३ हजार पुगेको छ । ५ वर्षअघि नेपालको इन्टरनेट प्रयोगकर्ता दर (इन्टरनेट पेनिट्रेसन रेट) करिब २० प्रतिशत थियो भने यो वर्षको […]

फोरमलार्इ सरकारमा ल्याउन प्रम ओलीले चार मन्त्रीमात्र थपेको खुलासा

काठमाडौ, १५ फागुन । प्रधानमन्त्री केपी ओली संविधान संशोधनको मुद्दामा सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ । फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरमलाई सोमबारै सरकारमा ल्याउने प्रयत्न गरेका थिए […]

अब सेनामा पनि सऊदी महिला

साउदी अरबले पहिलोपटक महिलालाई सैनिक सेवामा भर्ना आह्वान गरेको छ । सोमबार सार्वजनिक गरिएको सुचनामा रियाद, मक्का, अल-क्वासिम र मेदिना प्रान्तमा सैनिक जवान पदमा कार्य गर्न इच्छुक महिलालाई बिहीबारसम्म आवेदन दिन आह्वान गरिएको छ । अधिकारीहरुले महिलालाई युद्ध कार्यमा संलग्न गराउन नभई सुरक्षा क्षेत्रमा कार्य गर्ने अवसर दिने उदेश्यले आवेदन खुला गरिएको बताए । जागिरका […]

दलालहरु देशबाट लखेटौ, लुटेराहरूबाट देश जोगाऔ

नेपाल कम्युनिस्ट पार्टीको आह्वानमा देशका विभिन्न स्थानमा दलाल र राष्ट्रघाती पुँजीमाथि आक्रमण गरिएका छन् । कुनै पनि मूल्यमा खारेज गर्नुपर्ने राष्ट्रघाती माथिल्लो कर्णाली र अरुण तीन परियोजनामाथि महान् जनयुद्धको २३ औँ वर्षदिवसको अवसर पारी आक्रमण गरिए । राज्यलाई ६२ अर्बभन्दा बढी रकम कर नतिर्ने, बरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सम्बद्ध अधिकारीहरूलाई केही करोड रूपैयाँमा खरिद […]

सिरिया युद्धः युद्ध रोक्ने कि सबै सिरियाली जनता मारिसकेपछि आउने शान्तिलाई पर्खिएर बस्ने

सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा आएको सात वर्ष भयो । उनको आगमनसँगै सिरिया कहालिलाग्दो गृहयुद्धमा होमिएको छ । अहिलेसम्म पाँच लाखभन्दा बढी सिरियाली नागरिकले ज्यान […]

माओवादी केन्द्रमा संस्थापनभन्दा विद्रोहीहरु हावी, साथ छोड्नेहरुलार्इ मात्र अवसर दिएको चर्को असन्तुष्टि

Maoist-Office

काठमाडौं, १५ फागुन । पार्टी छाडेर केही समय अन्यत्रै लागी फेरि फर्केका माओवादी केन्द्रका रामबहादुर थापा र मातृका यादव मन्त्री हुन सफल भएका छन् । केपी ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रले पठाएका थापा र यादव कुनै समय पुष्पकमल दाहाल नेतृत्वको मूल पार्टीबाट अलग भएका थिए । मूल पार्टीमा फर्केको केही समयमै थापाले गृह र यादवले […]

महिला बालबालिका मन्त्री थापाको परिषदलार्इ यस्तो निर्देशन

काठमाडौं, १४ फागुन । महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले परिवर्तित समय अनुसार उदेश्य तथा कार्यक्रम परिवर्तन गर्दै बहुसंख्यक जनताको हितमा काम गर्नुपर्ने बताएकी छन् । समाजकल्याण परिषदले नवनियुक्त मन्त्री तथा परिषद अध्यक्षको स्वागतमा अायाेजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले साे निर्देशन दिएकी हुन् ।  परिषदकाे कार्यालयमा प्रथम भेट गर्दै थापाले पञ्चायतकालदेखि गणतन्त्रसम्म […]

बाध्य भएर आत्मसमर्पण गरेका टिकापुर घटनाका अभियुक्त रेशम चौधरीको बयान सकियो

कैलाली, १४ फागुन । लामाे समयदेखि फरार अवस्थामा बसेका टिकापुर घटनाका अभियुक्त रेशम चाैधरीकाे बयान सकिएकाे छ । चाैधरीले जिल्ला अदालत सामु अात्मसमर्पण गरेपछि अाज उनकाे जिल्ला अदालतमै बयान लिइएकाे हाे । चाैधरीकाे बयान सकिएपछि अब उनकाे मुद्दामाथिकाे बहस सुरु भएकाे कैलाली जिल्ला अदालतस्राेेतले जानकारी दिएकाे छ । अाफूले गल्ती नगरेकाे दावी गर्दै कुनै हालतमा […]

कांग्रेसले समानान्तर सरकार चलाउने, ओलीले बनाउने सबै मन्त्रीविरुद्ध कांग्रेसले पनि अाफ्ना मन्त्रीहरु तोक्ने

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसले केपी अाेली सरकारका विरुद्ध समानान्तर सरकार गठन गर्ने भएकाे छ । समानान्तर सरकार गठन गरी केपी अाेली नेतृत्वकाे सरकारलार्इ कडा टक्कर दिने निर्णय कांग्रेसले गरेकाे हाे । यस्ताे समानान्तर सरकार संघीय र प्रदेश दुबै तहमा हुने कांग्रेसले जनाएकाे छ । कांग्रेसले यसलार्इ छाया सरकार भनेकाे छ । अाेलीले जुन […]