रत्ननगरले विपन्न समुदायको बीमा ग¥यो

चितवन, २९ कात्तिक । रत्ननगर नगरपालिकाले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायको बीमा गरेको छ । आजबाट लागू हुने गरी सात वडाका विपन्न परिवारको जीवन र जनधनको बिमा गरिएको हो । नगरप्रमुख नारायण वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनसुकै कारणले र जुनसुकै ठाउँमा बीमा गरेका व्यक्तिको निधन, घाइते वा अङ्गभङ्ग भएमा बिमा भुक्तानी गरिनेछ । […]

१६ लाख राजश्व सङ्कलन

खलङ्गा, २८ कात्तिक । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा रु १६ लाख ६१ हजार ५७१ राजश्व सङ्कलन गरेको छ ।नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजश्व उठाएको राजश्व फाँटका प्रमुख कमल भण्डारीले बताए । कृषि समूह नवीकरणबाट दुई हजार ५००, फ्रेस हाउस नवीकरणबाट ५००, अन्य दस्तुरमा सात लाख ५९ हजार २००, पार्किङ […]

सुनको भाउ बढ्ने क्रम जारी, बुधबार कतिमा हुँदैछ कारोबार?

काठमाडौँ २७ कात्तिक । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार फेरि बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार २ सय रुपैयाँ रहेको थियो । यस्तै, तेजाबी सुन पनि प्रतितोला २ सय रुपैयाँ नै बढेर […]

“उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न सकेन”

खस्यौली, २७ कात्तिक । रुपन्देहीको सैनामैनामा रहेका उद्योगी तथा व्यवसायीले उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न नसकेको बताएका छन् । आज सैनामैनामा उद्योग वाणिज्य सङ्घको पाँचौँ साधरणसभामा उनीहरुले बैंकको चर्को र अस्थिर ब्याजदरका कारण उद्योगी तथा व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताए । सो अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला […]

वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने

नवलपुर, २७ कार्तिक । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा वन्यजन्तुका लागि जैविकमार्ग निर्माण गरिने भएको छ । वन्यजन्तु वारपार गर्नका लागि जैविकमार्गका रूपमा पुल निर्माण गरिने भएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीपूर्व नवलपुरमा कम्तीमा १५ यस्ता पुल निर्माण गरिने आयोजनाका पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिए । सडकमुनिबाट वन्यजन्तु […]

मह, मौरी अवलोकन गर्न विदेशी नागरिक जाजरकोटमा

जाजरकोट, २६ कात्तिक । जिल्लाको मह र मौरी अवलोकन गर्न विदेशी नागरिक नलगाड नगरपालिका–१ कल्पतमा पुगेका छन् । विभिन्न प्रजातिका रैथाने मौरीहरूको बाँस स्थान र महको गुणस्तरतालाई अवलोकन गर्न लण्डनका नागरिक रुडी रेप्का र लिडिया अनियला रेप्का नलगाड नगरपालिकाको कल्पतमा पुग्नुभएको हो । बेलायतमा सफल मौरी व्यवसाय सञ्चालन गरिरहेका रुडीको जोडीले पाली, कल्पत र चिउरीलगायत […]

नेपालमा सुरु भयो नवौँ विश्व रेन्जर सम्मेलन

चितवन, २६ कात्तिक । नवौँ विश्व रेन्जर सम्मेलन आजबाट सौराहामा शुरु भएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो […]

ख्याल गर्नुस तपाईको बैंक खाताबाट लुटिएलाः साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’

काठमाडौँ, २६ कात्तिक । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध […]

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना: १४ वर्ष बित्दा पनि ६० प्रतिशत मात्र काम

राँझा, २६ कात्तिक । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको […]

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको वारेन्ट

काठामडौं, २५ कार्तिक । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा उद्योगी पद्म ज्योतिलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । प्रहरीको माग अनुसार काठमाडौ जिल्ला अदालतले उनका नाममा पक्राउ पुर्जी जारी गरेको हो। काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले दिएको जानकारीअनुसार केही दिन अघि पक्राउ परेका व्यवसायी रूप ज्योतिका दाजु पद्म ज्योतिलाई सोमबार अदालतले पक्राउ […]