थोरै धितोलाई धेरै मुल्यको बनाई अत्यधिक ऋण दिने बैंकका प्रबन्धकसहित पाँच पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ । उक्त कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्वप्रबन्धकलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ गौशाला बस्ने तत्कालीन बैंकका शाखा प्रबन्धक स्मृति राना, कास्की पोखरा घर भई चन्द्रागिरि बस्ने शाखा […]

धार्चे गाउँपालिकाले गरे आर्थिक बर्षको खर्च बिवरण सार्वजनिक

 गोरखा, २४ मंसिर।  गोरखा जिल्ला भित्र रहेको धार्चे गाउँपालिकाले आर्थिक बर्ष ०७६ /०७७ को कुल खर्च बिवरण सार्वजनिक गरेको छ। गाउँ पालिकाले बुधबार सार्बजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष ०७६ /०७७ को कुल खर्च बिवरण, विभिन्न सिर्सकमा भएका बजेट को जानकारी ,प्रमुख उपलब्धिहरु सार्वोजनिक गरेको हो। गाउँपालिका प्रमुख सन्त बहादुर गुरुङको विषेस आतिथ्यमा भएको सार्विजनिक सुनुवाई […]

कोरोना संक्रमित विमितको बिमा रकम तीन दिनभित्र दिन बीमा समितिलाई अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको रकम भुक्तानीका लागि बीमा समितिलाई पुनः ताकेता गरेको छ। यसअघि ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको मन्त्रालयले बिहीबार ३ दिनमै भुक्तानी गर्न निर्देशन दिएको हो। मन्त्रालयले यसअघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बीमा समितिलाई ३ दिनमै रकम मुक्तानी गर्न निर्देशन दिँदै मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले पत्र काटेका हुन्। ‘कोरोना बीमा […]

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । शनिबार भएको चुनावको सार्वजनिक मतपरिणाम अनुसार ढकालले आफ्ना किशोर प्रधानलाई १६६ मतान्तरले हराएका हुन् । आइएमई ग्रुपका ढकाल ६३३ मत ल्याएर विजयी भएका हुन् । पराजित प्रधानलाई ४६६ मत मात्र प्राप्त भयो । ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले […]

जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा ४ घाइते

वीरगञ्ज, १३ मंसिर । जगदम्बा स्टिल प्रा.लि.को फलाम गलाउने भट्टी पड्किँदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भिर छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किएर घाइते भएका मध्ये १ जनाको अवस्था गम्भिर छ । सर्लाहीको सक्रौल गाउँपालिका–६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव गम्भिर घाइते भएका […]

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि तीन ठाउँमा मतदान हुँदै

काठमाडौं, ३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरी तीन ठाउँमा मतदानको व्यवस्था मिलाइएको छ । महासंघमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । अहिलेको मतदान भने अध्यक्ष वाहेक […]

टेस्लाका इलोन मस्क बिल गेट्सलाई उछिन्दै भए ३५ औं स्थानबाट उक्लेर दोस्रो धनी

काठमाडौं । टेस्ला तथा स्पेस एक्सका मालिक इलोन मस्क माइक्रोसफ्टका संस्थापक बिल गेट्सभन्दा धनाढ्य व्यक्ति बनेका छन्। बिल गेट्सलाई पछिपार्दै मस्क विश्वकै दोस्रो धनाढ्य व्यक्ति बनेका हुन्। आफ्नो विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्य ५ सय अर्ब डलर भएपछि मस्कको व्यक्तिगत धन १२८ अर्ब डलर पुगेको बताइएको छ। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जेफ बेजोस […]

बैंकले लिलाम गरेको जग्गामा सर्वोच्चले दियो सुधीर बस्नेतको पक्षमा फैसला

काठमाडौं, ९ मंसिर । नेपाल राष्ट्र बैंकसहित केही बैंकविरुद्धको रिटमा सर्वोच्च अदालतले व्यवसायी सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बस्नेतको पक्षमा अन्तरिम आदेश दिएको हो । बस्नेतले एक बैंकले लिलामी गरेको धापासीको आफ्नो जग्गाको लिलामी बदरको माग गर्दै रिट दिएका थिए । धापासीस्थित जग्गा धितो राखेर बस्नेतको […]

घुस अभियोगमा नायव सुब्बा महतोविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुस लिएको अभियोग लागेका एक जना नायब सुब्बाविरुद्ध मुद्दा दायर गरेको छ । वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध अख्तियारले विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको […]

विश्व बैंकले नेपाललाई ४२ अर्ब सहयोग गर्ने

काठमाडौँ । नेपाललाई विश्व बैँकले ४२ अर्ब रूपैयाँ आर्थिक सहयोग गर्ने गरी दुई सम्झौतामा हस्ताक्षर भएको छ । शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘आर्थिक वृद्धिका लागि […]