धार्चे गाउँपालिकाले गरे आर्थिक बर्षको खर्च बिवरण सार्वजनिक

 गोरखा, २४ मंसिर।  गोरखा जिल्ला भित्र रहेको धार्चे गाउँपालिकाले आर्थिक बर्ष ०७६ /०७७ को कुल खर्च बिवरण सार्वजनिक गरेको छ। गाउँ पालिकाले बुधबार सार्बजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष ०७६ /०७७ को कुल खर्च बिवरण, विभिन्न सिर्सकमा भएका बजेट को जानकारी ,प्रमुख उपलब्धिहरु सार्वोजनिक गरेको हो।

गाउँपालिका प्रमुख सन्त बहादुर गुरुङको विषेस आतिथ्यमा भएको सार्विजनिक सुनुवाई कार्येक्रम अन्तर्गत कुल खर्च तर्फ समग्र खर्च – ५७ . ७५% रू १८,६८,११,०२६.१२ ,चालु खर्च- ६४.३४५ रू ११,९३,२४,५३७.६८
पुजीगत खर्च – ४८.९३% रू ६,७४,८६,४८८.४४ रहेको छ ,भने अन्तर सरकारी अख्तियारी प्रदेश र संघ तर्फ बाट छुट्टा छुट्टै बुदागत प्रस्तुति गरिएको छ। शाखागत विनियोजित बजेट तथा खर्च बिवरणमा कृषि तथा पशु ,स्वास्थ्य , शिक्षा रहेको छ। कायक्रममा योजना कार्यान्यनको अवस्थाको बारेमा समेत छल फल गरिएको थियो।  

Loading...