सभासदलाई बासी खुवाएपछि चमेनागृह बन्द

काठमाडौ, १ असार । संविधान सभा गृहमा रहेको चमेना गृह बन्द हुने भएको छ । सभासदहरुलाई गुणस्तरहीन र बासी खाना खुवाएको पुष्टि भएपछि संविधानसभा सचिवालय, सिंहदरबार र संविधानसभा भवन, नयाँ बानेश्वरमा सभासदहरूका लागि सञ्चालित चमेनागृह बन्द गरिने भएका हुन् । यसअघि सभासदले नै खाना खाँदा वासी रहेको गुनासो गरेका थिए । त्यसपछि उक्त खाना खाद्य प्रविधि […]

बन्दुक छाडेर बङ्गुरपालनमा माओवादी नेता

पर्वत, २५ वैशाख । शिक्षकको स्थायी जागिर छाडेर सशस्त्र द्वन्द्वमा बन्दुक बोकेका माओवादीका एक जना जिल्ला नेता आजकल बन्दुक छाडेर बङ्गुरपालनमा लागेका छन् । पर्वतको सरौखोला गाविस घर भएका नेकपा–माओवादी पर्वतका पूर्व सेक्रेटरी जयनारायण तिवारी बन्दुक छाडेर व्यवसायिक बङ्गुरपालनमा लागेका हुन । जिल्ला पशुसेवा कार्यालय पर्वतको सहकारी बङ्गुरपालन कार्यक्रममार्फत नेता तिवारीको अगुवाइमा पैयुँखोला बङ्गुरपालन सहकारी […]

खाद्य कोटा पु¥याउनै समस्या

काठमाडौँ, २५ वैशाख । नेपाल खाद्य संस्थानमा मुलुकका विभिन्न जिल्लाबाट थप ८८ हजार ४५० क्विन्टल चामलको थप माग आएको छ । वर्षाकाल लाग्न लागेको र किसान खेतीपातीमा व्यस्त हुनुपर्ने भएकाले स्थानीय खाद्य समितिको सिफारिसमा सो परिमाणमा चामलको थप माग आएको हो । प्रायःजसो वर्षाकालमा कर्णाली र सोही आसपासका जिल्लामा खाद्य सङ्कट हुने गरेको सन्दर्भमा यसपटक समयमै […]

जलवायु परिवर्तन सहन गर्ने बीउ बन्यो

काठमाडौं, २४ वैशाख । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चालु आवमा जलवायु परिवर्तनलाई ध्यानमा राखेर खाद्यान्न सुरक्षित गर्नका लागि धान र गहुँ बालीमा नयाँ बीउ पत्ता लगाउन सफल भएको जनाएको छ । परिषद्को २३ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नार्कले खाद्य सुरक्षाको दृष्टिकोणले खाद्यान्न बाली धान, मकै र गहुँको अनुसन्धानलाई प्रमुखता दिएको […]

दासतापछिको छलाङ

अनिशा थारू आठ वर्षकी थिइन् । घरमा २५ गाई र १५ सुंगुर थिए । बर्दियाको गुलरिया– १० थपुवामा एउटा सानो घर र पाँच कट्ठा जग्गा थियो । अनिशा गाई चराउन जान्थिन्, सुंगुरको हेरदेख गर्थिन् । उनी पढ्न चाहन्थिन्, तर घरको आर्थिक अवस्था कमजोर भएका कारण त्यो सम्भव थिएन । सम्पत्ति थोरै भएको र आर्थिक अभाव […]

शौचालयसमेत नगई ड्युटीमा

सडकमा दैनिक ड्युटीमा खट्ने ट्राफिक महिला प्रहरीको आकर्षण घट्दो छ । महिला भएकै कारण पुरुषभन्दा बढी समस्या भोग्नु परिरहेकाले उनीहरूको आकर्षण घट्दै गएको हो । थापाथली ट्राफिक प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राधिका विकका अनुसार सडकमा सवारी व्यवस्थापना गर्न ६–सात घन्टा उभिनुपर्दा पहिलो समस्या भनेको शौचालय जाने नै हुन्छ । शौचालन जान नपाएर छटपटिँदै […]

पढाइ खर्च जुटाउन हिमालतिर

जाजरकोट, २४ वैशाख । पञ्च भयार माध्यमिक विद्यालय, खगेनकोट जिकुवामा कÔा १० मा अध्ययनरत रिता केसी आफ्नो पढाइलाई थाँती राखेर डोल्पातिर लागेकी छन् । कमजोर आर्थिक अवस्थाका कारण एक महिनाको पढाइ छाडेर यार्चागुम्बा खोज्न हिमालतिर जानु उनको बाध्यता हो । गत वर्È उनले डोल्पाका विभिन्न हिमालमा यार्चा खोजेर रु ३० हजार कमाएकी थिइन् । जसले […]