काठमाडौंबाट सुप जाँदै गरेको एसी बसमा भीषण आगजनी, यसरी जल्यो हेर्दाहेर्दै बस (भिडियो हेर्नुहोस)

काठमाडौं, १२ जेठ । डडेल्धुरामा एक गुडिरहेकाे बसमा अागलागी भएकाे छ। उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौँ रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त भएको हो। शुक्रबार दिउँसो काठमाडौँबाट डडेल्धुराका लागि छुटेको बा ४ ख ८४९२ नम्बरको बसमा शनिबार बिहान करिब […]

नागिडाँडा एयरपोर्ट संचालनक लागि काम हुदैछ: पर्यटन मन्त्री

काठमाडौं, १२ जेठ । संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानको लागि काभ्रेमा विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढेको जानकारी दिए। सरकार गठनको सयदिनभित्र सम्पन्न गर्नेगरी प्रस्तुत गरेका कार्ययोजनाको समिक्षा कार्यक्रममा बोल्दै अधिकारीले प्राविधिक समितिले ठाउँ सिफारिस गरेको र मन्त्रालयले विमानस्थल निर्माणको काम अगाडि बढाएको जानकारी दिए। विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन, […]

चक्रपथ मोनोरेल सम्भाव्यता अध्ययन चिनियाँ कम्पनीले गर्ने

काठमाडौं, १२ जेठ । चक्रपथ मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन चिनियाँ कम्पनी चाइना रेल वे २५ औं ब्यूरो ग्रुपले गर्ने भएको छ। शुक्रबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कम्पनीकातर्फबाट लि होङ्गकीले अध्ययन सहमति पत्रमा हस्ताक्षर गरेका छन्। महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशयपत्रमा कम्पनीले गत वैशाख २० गते इच्छापत्र बुझाएको थियो। सम्झौता अनुसार कम्पनीले […]

नेपालगञ्जबाट हुने चार्टर्ड उडान बन्द, तोकियो समान भाडा

काठमाडौं, १० जेठ । बाँकेको नेपालगञ्जबाट प्रदेश नम्बर ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर्ड उडान बिहीबारबाट बन्द भएको छ । चार्टर्ड उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि उडान बन्द गर्ने निर्णय गरिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए । निजी विमानले चार्टर्ड उडानको नाममा दोब्बरभन्दा बढी भाडा […]

ओलाङचुङगोलामा तयार गलैंचा तिब्बतमा लोकप्रिय

ताप्लेजुङ, ८ जेठ । ताप्लेजुङको ओलाङचुङगोलाबासीले बुनेको गलैंचाले तिब्बतमा राम्रो बजार पाउन थालेको छ । बर्षेनी यहाँ उत्पादित पाँच सयभन्दा बढी गलैंचा तिब्बतको बजारमा पुग्ने गरेको स्थानीयले बताएका छन् । तान लगाएर हातले बुनेको गलैंचा निकै आकर्षक र टिकाउ हुने भएकाले तिब्बतमा राम्रो बजार पाएको व्यवसायीले बताएका छन् । एक जना व्यवसायीले कम्तिमा पनि वर्षमा […]

बेमौसमी वर्षा र असिनाले बझाङमा करोडौंको नोक्सान

बझाङ, ७ जेठ । बेमौसमी वर्षा र असिनापानीले बझाङ जिल्लामा करोडौँको नोक्सान भएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । वैशाख १९ गते बुधबार, २२ गते शनिबार र २४ गते सोमबार परेको असिना र वर्षाका कारण बझाङ जिल्लाभरी झण्डै ५ करोड रुपैयाँ बराबरको नोक्सान भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेश केसीले बताए […]

काठमाडौंमै भेटियो साढे दुर्इ करोड नक्कली हजारका नोट

काठमाडौं, ६ जेठ । चलचित्र लुटका निर्माता माधव राज वाग्लेकाे घरबाट प्रहरीले बरामद गरेकाे साढे दुर्इ कराेड नाेट पूरै नक्कली भएकाे प्रमाणित भएकाे छ । नेपाल राष्ट्र बैंकले वाग्लेको घरबाट बरामत भएका सबै नाेट नक्कली भएकाे प्रमाणित गरेकाे हाे । यसअघि प्रहरीले वाग्लेकाे घरबाट २ करोड ५२ लाख रुपैयाँ बरामद गरेकाे थियाे । महानगरीय प्रहरी […]

हप्तादिन नपुग्दै बन्द भयो ओली र मोदीले सुरु गरेको जनकपुर-अयोध्या बस सेवा

काठमाडौँ, २ जेठ । निकै हल्लाखल्ला र एउटै पहिरनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बस सेवा बन्द भएको छ । मोदीको नेपाल भ्रमणको पहिलो दिन जनकपुरमा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुरधामदेखि अयोध्यासम्मको बस सेवा उद्घाटन गरेका थिए । दुबै देशका झण्डा फहराउँदै जनकपुरलाई ‘रामायण सर्किट’ भनिएको धार्मिक […]

निगमले निकै जोड गरेर खरिद गरेका चिनियाँ जहाजको घाटा वार्षिक ३३ करोड ८४ लाख

काठमाडाैं, ३१ बैशाख । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएको जहाज ‘सेतो हात्ती’ सावित हुँदैछ । दुई थान चिनियाँ जहाज (एमए–६० र वाई–१२ई) उडानबाट वार्षिक ३३ करोड ८३ लाख ९५ हजार ३९ रुपैयाँ घाटा भएको छ । निगमको आर्थिक वर्ष २०७३-७४ को लेखा परीक्षणमा उल्लेख भएअनुसार एकथान एमए–६० र एकथान वाई–१२ ई जहाजमात्रैको […]

रक्सौल–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोल र हवाइ इन्धन ढुवानी गर्न कठिन

काठमाडाैं, ३१ बैशाख । नेपालमा पेट्रोलियम पदार्थ आयातका लागि निर्माण हुन लागेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेलमात्र ढुवानी गर्न सकिने देखिएको छ । प्राविधिक रूपमा अन्य पेट्रोलियम पदार्थ ढुवानी गर्न कठिन भएपछि डिजेलमात्र ढुवानी गर्न लागिएको हो । यसअघि डिजेल, पेट्रोल र हवाई इन्धन पाइपलाइनबाट ढुवानी गर्ने भनिए पनि प्राविधिक रूपमा समस्या देखिएकाले डिजेलमात्र ल्याउन सकिने […]