काठमाडौं, २२ पुस । वन मन्त्रालयले वातावरण र वनसँग सम्बन्धित पाँचवटा परियोजना र कार्बन व्यापारबाट १७ अर्ब ८५ करोड रुपैयाँ भित्र्याउने तयारी गरिरहेको छ । यीमध्ये कार्बन व्यापारबाट ७ अर्ब रुपैयाँ र बा“की परियोजनाका लागि अनुदान ल्याउने तयारी गरिएको हो । यसबाहेक पा“चमध्येकै एउटा परियोजनाका लागि १ अर्ब ६० करोड रुपैयाँ ऋण पनि लिइँदैछ । […]
Uncategorized
अमेरिका बसेर जाजरकोट जिल्ला अस्पतालको जागिर खाने डाक्टर
जाजरकाेट, १९ पुस । सुन्दै अचम्म लाग्ने अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ? सहजै उत्तर हुन्छ सम्भव छैन् तर सरकारी अस्पतालका एक जना डाक्टरले त्यही गरेका छन् । जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डा. निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर जाजरकोटको जागिर गरिरहेको पाईएको छ । उनले सेवा सुविधा लिइरहेका छन् […]
अर्बौको हिसाब खोज्ने लेखापरिक्षकको मुखमा हजारका लागि र्याल: लेखा परिक्षकहरु नै गर्छन यसरी अनियमितता
काठमाडौँ, १८ पुस । भाेजपुर पुगेका महालेखा परिक्षकको कार्यालयका लेखापरिक्षकहरुले अनियमितता गरेको भेटिएको छ । उनीहरुले जिल्ला समन्वय समितिको क्यान्टिनमा खर्च गरेको ३२ हजार रुपैयाँ सरकारी कार्यालयका लेखा अधिकृतहरुलाई ‘पैसा उठाएर तिर्न’ निर्देशन दिई काठमाडौं फर्केका हुन् । उनीहरुले जिविसको गेष्ट हाउसमा बसेको खर्च समेत तिरेका छैनन् । ‘लेखापरीक्षणमा जिल्ला जाने कर्मचारीको दैनिक खाना/खाजा भत्तासहित […]
ट्रेडमार्कमै सीमित नेपाली कम्युनिस्ट
महाभारतमा एउटा प्रसंग छ– राजगुरु भएर पनि द्रोणाचार्यले छोरा अश्वस्थामाको दूध पिउने इच्छा पूरा गर्न सक्दैनन्। बालहठले पराजीत पिताश्रीले दानको चामल पिसेर पियाउनै लाग्दा कुरु बालकहरूले अश्वस्थामालाई गिज्याउँदै भनेछन्– हे गरूपुत्र! तिमीले पिइरहेको त दूध हैन्, चौलानी पो हो । हे…सखा, हरेक सेतो पदार्थ दूध कहाँ हुन्छ र? त्यस्तै नाम राख्दैमा नामअनुसारकेै गुण हुनुपर्छ भन्ने […]
क्रिसमस डे अनि नयाँ वर्षका लागि ठमेलतिर यस्ता छन अनौठा र आकर्षक ‘प्याकेज’
काठमाडौ, ८ पुस । नजिकिएको अंग्रेजी नयाँ वर्ष (सन् २०१८) र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर पर्यटन व्यवसायीले नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गरेका छन् । पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिने र व्यवसाय पनि फस्टाउने भएकाले व्यवसायीले विभिन्न सेवामा छुटसहितका आकर्षक प्याकेज बनाएका हुन् । खासगरी रात्रिकालीन मनोरञ्जन […]
प्रचण्डले झोक्किदै भने, ‘दुर्इ चार जनाले विरोध गर्दैमा पार्टी एकता रोकिदैन, विराेध गर्नेहरु छुट्छन’
भैरहवा, ८ पुस । पार्टीका केही नेताहरुले पार्टी एकताका विराेध गरिरहेका बेला माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले विराेध गर्नेहरुप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले केही व्यक्तिले विराेध गर्दैमा अब पार्टी एकता नराेकिने बताएका छन् । रुपन्देहीमा अायाेजना गरिएकाे एक कार्यक्रममा भैरहवा पुगेका प्रचण्डले विराेध गर्नेहरुकाे विराेधले अब अाफूलार्इ असर नगर्ने बताए । एक दुर्इ […]
काँग्रेस हार्नुको यस्तो कारण, काँग्रेस नेताले नै खोले पराजयको नालीबेली
संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणका परिणाम सार्वजनिक भइरहँदा मुलुकको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसका लागि देशैभरिबाट निराशाजनक परिणाम आएको छ । योसँगै काँग्रेसको भविष्यबारे विभिन्न कोणबाट टिकाटिप्पणी हुन थालेका छन् । ती टिप्पणी कतिपय सकारात्मक र कतिपय पूर्वाग्रही वा विरोधी कित्ताको ‘सनातन धर्म’ पर्छन् । जे जस्ता प्रतिक्रिया आएका छन् ती स्वभाभाविक हुन् […]
जाजरकाेटमा शक्ति बस्नेत विजयी, दुबै प्रदेशमा पनि वामगठबन्धनकाे जित
जाजरकाेट, २२ मंसिर । जाजरकाेटबाट प्रतिनिधि सभाका लागि नेकपा (माअाेवादी केन्द्र)का शक्तिबहादुर बस्नेत विजयी भएका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाकाे उम्मेदवार बनेका पूर्व गृहमन्त्री समेत रहेका बस्नेतले नेपाली कांग्रेसका राजिव शाहलार्इ पराजित गरेका हुन् । बस्नेतले शाहलार्इ ८ हजार ९ सय ९२ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ३२ हजार २ सय […]
प्रचण्ड पराजित गरेका केसीले काठमाडौं १० मा वाम गठबन्धनलार्इ पनि हराए
काठमाडौं, २३ मंसिर । काठमाडाै निर्वाचन क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका राजन केसीले जित हासिल गरेका छन् । दाेस्राे संविधान सभामा नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ पराजित गरेका केसीले यसपटक पनि वाम गठबन्धन नै बनाएर उम्मेदवार बनेका माकेका नेता हितमान शाक्यलार्इ पराजित गरेका छन । केसीले शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले […]
वाम गठबन्धनले खोल्यो पहिलो खाता
काठमाडौं, २१ मंसिर । दुर्इ तिहाइ बहुमत ल्याउने घोषणा गरेको नेकपा एमाले र माओवादी केन्द्रसहितका दलहरु मिलेर बनाइएको वाम गठबन्धनले पहिलो खाता खोलेको छ । वाम गठबन्धनले पहिलो खाता मनाङबाट खोलेको हो । मनाङमा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङले विजय हासिल गरेका हुन् । गुरुङले नेपाली कांग्रेसका टेकबहादुर गुरुङलार्इ पराजित गरेका छन् […]











