इराकमा कम्युनिस्टको सरकार बनेपछि बुर्का त्यागेर लाल झण्डामा सजिए महिलाहरु (फोटोफिचर)

काठमाडौँ । स्लामको बाहुल्यता रहेको देश इराकमा कम्युनिस्ट कम्युनिस्ट नेतृत्वमा सरका बनेको छ । इराकको राजधानी बगदादमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पहिलो सरकार बनेको हो । पहिलो पटक सरकार बनेसँगै हजारौं कम्युनिस्ट नेता, कार्यकर्ता र समर्थक सडकमा निस्केको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । विशाल विजय समारोमा सधैं बुर्कामा देखिने इराकी महिलाहरु कम्युनिस्ट पार्टीको झण्डाले शरीर ढाकेर […]

अमेरिकामै पुगेर फ्रान्सेली राष्ट्रपति म्याक्रोनले गरे ट्रम्पवादको विरोध (भिडियो)

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले राष्ट्रवाद र आइसोलेसनिजमको विरोध गरेका छन् । अमेरिकाको तीन दिने भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रवाद र आइसोलेसनिजमको विरोध गरेका हुन् । राष्ट्रवाद र आइसोलेसनिजम् दुवै विश्वव्यापी समृद्धिका लागि घातक र चुनौतिपूर्ण रहेको म्याक्रोनले बताए । म्याक्रोनको भाषणालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिले अमेरिका […]

“अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा” : महानिरीक्षक खनाल

  १३ बैशाख काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् । अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न सबै मातहत कार्यालयमा निर्देशन दिएको बताएका हुन् । खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको टिप्पणी गरे । […]

मुलुक समृद्धिको बाधक राजनीति : डा: केसी

मुलुक समृद्ध बन्न नदिने बाधक तत्व राजनीति नै भएको निष्कर्ष एक कार्यक्रमका सहभागी राजनीतिक विश्लेषकको रहेको छ । पत्रकार महासंघ जापान शाखाद्वारा शुक्रबार टोकियोमा आयोजित एक अन्तर्कृया कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक प्राध्यापक डा : सुरेन्द्र केसीले यस्तो धारणा राखेका हुन । नेपालको राजनीति अहिले बिकल्प बिहिनताको अवस्थामा रहेको उल्लेख गर्दै उनले देशमा पुर्वाधार र अपार […]

ओलीसँग गोप्य बार्ता सकेर प्रचण्डले गरे यस्तो ट्वीट, के-के भयो सहमति ?

काठमाडौं, ७ बैसाख । बिहिबार कुनै सहमति नै नभएपछि शुक्रबार पुनः प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच गोप्य वार्ता सकिएको छ । एकीकृत पार्टीको प्रस्तावनामा जनयुद्ध लेख्ने, चुनाव चिह्न तथा संगठनमा सहभागी संख्याको विषयमा आएर एमाले-माकेबीच एकता रोकिएपछि बिहिबार प्रचण्डले  एकता सम्भव नभए जनतासँग माफी माग्नुपर्ने प्रस्ताव राखेको बताईएको थियो । […]

पैसा दिएर पाइने प्रदुषण जाँचबिनाको हरियो स्टिकर रोकिएला ?

  काठमाडौं, चैत २७ ,काठमाडौँ । देसै भरिका महानगर र उपमहानगर क्षेत्रमा वातावरणमैत्री बनाउन हरियो स्टिकरसहितका सवारीलाई मात्र गुड्न इजाजत दिने तयारी गरिएको छ । साउनको पहिलो सातादेखि महानगर र उपमहानगरमा मोटरसाइकलबाहेक सबै सवारी परीक्षण गर्दै हरियो स्टिकर अनिवार्य गर्ने तयारी गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। प्रदूषण बढाउने धेरै कारणमध्ये सवारी पनि मुख्य कारकका […]

लालपुर्जाविहीन महानगरवासीले लालपुर्जा पाउछ । : उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठ

  चैत २७ ,काठमाडौँ । सरकारको वेवास्ताका कारण काठमाडौं महानगरपालिका भित्रै वसोवास गर्ने भुकम्प पीडितहरुले पनि कुनै राहत पाउन सकेका छैनन । राजधानीमै रहेका भुकम्प पीडितले सरकारले पटक पटक घोषणा गरेका कुनै पनि राहत पाउन सकेनन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भुकम्पले घर भत्काएका र थिलोथिलो पारेका महानगरपालिकाभित्रैका सयौ घरपरिवारले सामान्य राहत पनि […]

चर्चित गायिका चन्द्रा चलाउने फेरि उदाइन सल्यानी झ्याउरे तालमा

काठमाडौं । चर्चित गायिका चन्द्रा चलाउने र गायक यज्ञराज बुढाथाेकीकाे नयाँ गीत सार्वजनिक भएकाे छ । झ्याउरे भाकामा “तिर्खा मेट्ने” बाेलकाे गीतसँगै म्यूजिक भिडियाे समेत सार्वजनिक भएको छ । गायक यज्ञराज बुढाथोकीकै शब्द र सङ्गीत रहेकाे उक्त गीतलाई म्युजिक बैंक नेपालले बजार व्यवस्थापन गरेको छ । संगीत संयोजन चर्चित संगीत संयोजक कृष्ण पुनले गरेकाे याे […]

सातामा चार बलात्कारः किन हुन्छ बलात्कार? ३ कारण यस्ता छन्

बर्दिया, १० चैत ।  बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार दुइजनालाई पक्राउ गरेको छ । गुलरिया ६ बस्ने इब्राहिम मनियार र बारबर्दिया नगरपालिका बनियाभारका नरबहादुर घिमिरेलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार गरलरिया र बनियाभारका अझै दुइृवटा बलात्कारका घटनाबारे उजुरी दिने पीडित पक्षको तयारी छ । आजको नागरिक दैनिकको पृष्ठ ४ मा यो समाचार […]

कांग्रेसका नेता खुमबहादुर खड्का सिकिस्त बिरामी, भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का सिकिस्त बिरामी परेका छन् । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ । नयाँदिल्ली पुर्याइएपछि उनलाई बुधबारबाट भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको एपोलो अस्पतालको काठमाडौंस्थित सूचना केन्द्रका प्रमुख अर्जुनबहादुर चन्दले जानकारी दिए । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि […]