मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात, विभिन्न सडक अवरुद्ध

मुस्ताङ । मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने […]

रवि लामिछाने अस्पताल भर्ना, चोटका कारण खुट्टामा संक्रमण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको देब्रे खुट्टामा चोट लागेको छ । माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा लामिछानेको खुट्टामा सामान्य चोट लागेको थियो । उक्त सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको स्वकीय सचिव अविनाश आचार्यले बताए । उनका अनुसार लामिछाने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन् । […]

सरकार–जेनजीबिचको १० बुँदे सम्झौता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस हुने

काठमाडौँ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिट पूर्ण सुनुवाइका लागि पेस हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो । यसअघि सर्वोच्च अदालतले सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताको सक्कल फाइल […]

सामाजिक सञ्जालमा गाली बेइजती गरेको आरोपमा युवराज सफल पक्राउ

काठमाडौं । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप छ । महान्यायधिवक्ता र कार्यालयलाई लक्षित गरी अभिव्यक्ति दिएपछि माघ ८ गते […]

यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारले गर्‍यो जफत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका १७ कर्मचारी, ट्राफिक प्रहरीहरूको मोबाइल जफत गरेको छ । अख्तियार स्रोतका अनुसार यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुख (नवौं) पेशलकुमार पोखरेलसहित १७ कर्मचारीको २५ मोबाइल जफत गरेको हो । त्यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत असई डोरहरि नेपालसहित ३ जनाको मोबाइल नियन्त्रणमा लिएको छ । नेपाल […]

उज्यालो नेपाल र मितेरी पार्टीका डोल्पा उम्मेदवार नै कांग्रेस प्रवेश

काठमाडौँ । उज्यालो नेपाल र मितेरी पार्टीका उम्मेदवार नै नेपाली कांग्रेस प्रवेश गरेका छन्।  कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार डोल्पामा उज्यालो नेपालका उम्मेदवार रहेका दिलबहादुर विस्ट र मितेरी पार्टीकी उम्मेदवार जुनु भण्डारी कांग्रेस प्रवेश गरेका हुन्। प्रवक्ता चालिसेले आज केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी विस्ट र भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेस प्रवेश गरेको बताए। ‘अन्य […]

नेकपामा समाहित भयो चुरे भावर पार्टी

काठमाडौँ । चुरे भावर पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बिच बद्री न्यौपाने नेतृत्वको उक्त पार्टी नेकपामा समाहित भएको हो । एकताका लागि नेकपाका संयोजक प्रचण्ड र चुरे भावरका न्यौपानेले सहमति पत्रमा हस्ताक्षर गरे । आजै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल (एकता पक्षधर समूह) बाट विद्रोह गरी पोलिटब्युरो सदस्य […]

स्वास्थ्य बीमामा प्रदेश र स्थानीय सरकारले समेत योगदान गर्नपर्छ : मन्त्री गौतम

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छन् । आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्नुपर्ने बतायन् । अहिले पनि […]

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङको पार्टीमा प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। केही वर्षअघि रास्वपाबाट निष्काशित भएका श्रेष्ठलाई मंगलबार अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन्। ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त,’ साम्पाङले फेसबुकमा लेखेका छन्। रास्वपाबाट सामनुपातिक सांसद रहँदा उनले स्वास्थ्य मन्त्री बन्छु भन्दै उनले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको […]

घण्टी बजाएर मात्रै केही हुँदैन, राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखियो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिमा सिद्धान्त र विचारको खडेरी देखा परेको बताएका छन्। उनले सोसल मिडियामा ‘स्टन्ट’ गरेर जनताको दिमाग चाट्ने काम भइरहेको पनि बताए। ‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाटने जो काम […]