काठमाडौं । निर्वाचन आयोगले मिथ्या र भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने उपर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले ३०२ वटा वटा मिथ्या र भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्तिको पहिचान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिए । निर्वाचन आचारसंहिताको उल्लंघन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना तथा […]
समाचार
राणाकालदेखि जेनजी आन्दोलनसम्मका सहिदलाई श्रद्धाञ्जली दिँदै प्रचण्डले भने– सपना अधुरै छ
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसको अवसरमा शुभकामना दिदै सहिदका सपना अझै पूरा नभएको बताएका छन्। उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्तो धारणा राखेका हुन्। प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको बताए। उनले सन्देशमा सामन्ती राणा शासनविरुद्ध […]
टी-२० विश्वकप तयारी : भारतको एमसीए प्रेसिडेन्ट-११ विरूद्ध नेपालको जित
काठमाडौँ । कप्तान रोहित पौडेलको उत्कृष्ट अर्धशतकको मद्दतमा नेपालको पुरुष क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप २०२६ को तयारीका क्रममा भारतको एमसीए प्रेसिडेन्ट ११ विरुद्धको पहिलो अभ्यास टी-२० खेलमा जित हासिल गरेको छ। बिहीबार मुम्बईको ब्राबोर्न स्टेडियममा भएको उक्त खेलमा नेपालले ७ विकेटको सहज जित निकालेको हो। एमसीए प्रेसिडेन्ट ११ ले दिएको १४३ रनको लक्ष्य नेपालले १७.२ […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश र मधेस प्रदेशको थोरै स्थानहरूमा हुस्सु लागेको छ। कोशी प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशभर आंशिक बादल लाग्नेछ। गण्डकी प्रदेशको […]
ललितपुरमा निःशुल्क स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन
ललितपुर । आयुर्वेदमा वर्णन गरिएको बालबालिकाका लागि अत्यन्त लाभदायक औषधियुक्त थोपा स्वर्णबिन्दु प्राशन कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरले सञ्चालन गरिरहेको छ। प्रत्येक महिनाको पुष्य नक्षत्रका दिन नियमित रूपमा खुवाइने स्वर्णबिन्दु प्राशन अन्तर्गत १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई निःशुल्क सेवा प्रदान गरिँदै आएको चिकित्सालयले जनाएको छ। आयुर्वेदिक मान्यताअनुसार नियमित स्वर्णप्राशन गराउँदा बालबालिकाको शारीरिक तथा मानसिक […]
कानुन र अन्तर्राष्ट्रिय सम्बन्धमा एमए गरेका उम्मेदवार भन्छन्- भक्तपुरलाई केन्द्रसंग जोड्छु
भक्तपुर । भक्तपुर क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका अधिवक्ता हरिराम लवजुले प्रतिनिधि सभा सदस्यमा आफू सबैभन्दा योग्य उम्मेदवार भएको दावी गरेका छन् । कानुन र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका लवजुले आफ्नो विज्ञता र अनुभवले प्रतिनिधि सभामा जनपक्षीय काम गर्नसक्ने दावी गरे । प्रेस सेन्टर भक्तपुरले विहीबार आयोजना गरेको पत्रकार […]
जेनजी आन्दोलनमा हिरासतबाट भागे, ग्याङ बनाएर उपत्यकामा मच्चाए लुटपाट आतंक
काठमाडौं । जेनजी आन्दोलनको अवसरमा प्रहरी हिरासतबाट फरार भएका एक युवकको नेतृत्वमा उपत्यकामा संगठित लुटपाट भएको खुलासा भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार बिहान गोली प्रहार गर्दै १० जनालाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा समूहको मुख्य योजनाकार हिरासतबाट फरार व्यक्ति भएको पुष्टि भएको हो। डाँका चोरी मुद्दामा पक्राउ परेर प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका काभ्रेको […]
घोषणापत्र बनाउनुअघि ओलीले गरे विज्ञसँग छलफल
काठमाडौँ । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणापत्र तयार गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रमा समेट्नुपर्ने विषय र प्राथमिकताबारे विज्ञहरूसँग छलफल गर्दै सुझाव लिएका हुन् । छलफलमा विज्ञहरू बालानन्द पौडेल, विष्णु उप्रेतीसहित पूर्वराजदूत, अर्थशास्त्री र योजना आयोगका […]
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् । अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । ५ माघमा […]
रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिटमा फाइल पेस गर्न आदेश
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघिको फाइल पूर्वादेशअनुसार कार्य सम्पन्न गरी पेस गर्न आदेश दिएको छ । चौधरीको रिट न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि कर्तव्य ज्यान मुद्दासँग जोडिएको फैसलाको फाइल पूर्वआदेश अनुसार पेस गर्न आदेश दिएको छ । यसअघि न्यायाधीश बालकृष्ण […]











