सिकल सेल नियन्त्रणको नमूना अभियान

धम्बोझी, ५ असोज । विशेष गरी थारु समुदायमा पाइने ‘सिकल सेल’ एनिमिया रोग नियन्त्रण गर्न बर्दियाको एक नगरपालिकाले पहिलोपटक नमूना परियोजना शुरु गरेको छ । बारबर्दिया नगरपालिकाले आफ्नो नगरपालिकामा नेपालमै पहिलोपटक ‘सिकल सेल’ रोगसम्बन्धी अभियान सञ्चालन गरेको हो । थारु समुदायमा मात्र लाग्ने यो रोगका कारण कलिलो उमेरमै धेरैको मृत्यु हुने, रोगले घरका सबै परिवार […]

तिनाउ–कालीगण्डकी डाइभर्सन अपरिहार्य

रुपन्देही, ५ असोज । तिनाउ नदीमा वर्षेनी पानीको सतह घट्दै गइरहेको छ । पानी सुक्दै जाँदा नदीको तल्लो तटीय क्षेत्रमा खानेपानी र सिँचाइको समस्या देखापर्न थालेको छ । हिजोआज रुपन्देहीका अधिकाँश क्षेत्रमा ह्याण्डपम्प र ट्युवेलहरु सुकेका छन् । सुक्दै गएको तिनाउमा पानीको मात्रा बढाउने उपयुक्त विकल्पको रुपमा तिनाउ–कालीगण्डकी डाइभर्सनलाई हेरिएको छ । वर्षात्को यो समयमा […]

टावरमा आगजनीपश्चात् सञ्चारविहीन

बैतडी, ५ असोज । डिलाशैनी गाउँपालिका–४ स्थित मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनीपश्चात् सो क्षेत्र सञ्चारविहीन भएको छ । साउन १७ गते अज्ञात समूहले सो टावरमा आगजनी गरेको थियो । टावरमा आगजनी भएपश्चात् फोन गर्न निकै समस्या भएको स्थानीयवासी दीपक धामीले बताए । फोनसेवा नहुँदा कार्यालयको कामकाज प्रभावित भएको डिलानशैनी–७ का वडाध्यक्ष प्रेमसिंह धामीले […]

खोलाको जग्गा धितो राखेर ऋण

काठमाडौँ, ५ असोज । पूर्व झापास्थित बगिरहेको खोलाको जग्गा धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी गरी ११ जना छन् । उनीहरुले […]

प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु

हेटौँडा, ५ असोज । प्रदेश ३ मा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम शुरु भएको छ । हेटौँडा– ८ स्थित चन्द्रोदय माध्यामिक विद्यालय परिसरमा आज विभिन्न जातका बिरुवा रोप्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यस्ता कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्नेमा जोड दिए । उनले स्थानीय जातका फलफूल बोटबाटै टिपेर खान मिल्नेगरी बिरुवा रोप्न र यस […]

राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना

काठमाडौँ, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त गरेकि छिन । बहुजाति, बहुभाषा, बहुसंस्कृति जस्ता विविधतायुक्त विशेषताले हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वलाई मौलिक तुल्याएको बताउँदै […]

ब्यूटिसियनहरुकी नेताको परिवर्तनशील कलाकारिता र जीवन

किशोरी छँदा कल्पना आचार्यको मनमा नायिका बन्ने सपना हुर्किएको थियो । नृत्य र खेलमा विशेष रुची र दक्षता भएकी उनी जीउडालले पनि उत्तिकै सुन्दर थिइन् । उनको प्रतिभा र क्षमताले रोल्पा लिबाङ वरिपरि उनी उत्तिकै प्रख्यात पनि थिइन् । सबैले उनलाई वाहवाह गर्थे । मनमा हौसला बुलन्द थियो । तर त्यो समयमा रोल्पाबाट नायिका बन्ने […]

जहाँ बस चढ्न हिउँद कुर्नु पर्छ

काठमाडौँ, ५ असोज । शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ । यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो । यहाँका बासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् । यस्तै साँखु, जरसिंह पौवा हँुदै मेलम्ची पुग्ने सडकखण्डमा बर्खाको समयमा गाडि चल्दैन । अरुबेला पनि यो सडको अवस्थता उस्तै […]

समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण ः गृहमन्त्री थापा

काठमाडौँ, ५ असोज । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताएका छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उनले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताएका हुन । […]

एकता कायम र विकासलाई तीव्रता : अध्यक्ष प्रचण्ड

विराटनगर, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिए । अध्यक्ष दाहालले अहिले […]