ट्रकको ठक्करबाट बालकको मृत्यु

काठमाडौँ, ७ असोज । काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो । गोकर्णस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले ट्रकले किचेका बालक अरमानको घटनास्थलमा […]

‘नागरिक सहायता कक्ष’ शुरु

काठमाडौँ, ८ असोज । सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार अग्रिम टिकट शुरु भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष शुरु गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो […]

विन्ध्यवासिनीलाई रु दुई करोड ७० लाख आम्दानी

कास्की, ७ असोज । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा पूजारीलाई तलबमा नियुक्ती गरेपछि एकै वर्षमा रु दुई करोड ७० लाख आम्दानी भएको छ । मन्दिरमा भक्तजनले चढाएको भेटीमा वर्षौदेखि पूजारीको हकभोग रहदै आएकोमा अघिल्लो वर्ष विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पूजाआजा गर्दे आएका पूजारीलाई करार सम्झौता गरी मासिक तलबमा नियुक्त गरेर भेटी आफै सङ्कलन […]

लहरी छुट्ने ढोरबाराही मन्दिरको गुरुयोजना तयार

दमौली, ७ असोज । आफै लहरी छुट्ने ढोरबाराही मन्दिरको सर्वाङ्गीण विकासका लागि गुरुयोजना तयार गरिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ बजस्थलमा अवस्थित यस मन्दिरलाई हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर बनाउने उद्देश्यसहित ढोरेली सेवा समाज काठमाडौँले गुरुयोजना बनाएको हो । चारैतिरबाट जङ्गलले घेरिएको पहाडको बीचमा अवस्थित मन्दिर परिसरमा १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुई जोर […]

लायन्सद्वारा खानेपानी ट्याङ्की हस्तान्तरण

पोखरा, ७ भदौ । पोखरा महानगरपालिका–१५ फलेपाटनस्थित सिद्ध माध्यमिक विद्यालयमा शुद्ध खानेपानीसहितको ट्याङ्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना एवं केस्टेभिन स्लेफोर्ड विद्यालय यूकेको आर्थिक सहयोगमा स्वीस प्रविधि अनुरूप दुई लाख १२ हजÞार रुपैयाँ को लागतमा ट्याङ्की निर्माण गरिएको हो । ट्याङ्की हस्तान्तरण […]

गोदाममै थन्कियो कर्णालीको तिते फापर

सुर्खेत, ७ असोज । वीरेन्द्रनगर–६ गोदामलाइनस्थित सुपथ मूल्य पसलमा सिमी र चामल किन्न आएका उपभोक्तालाई खाद्य संस्थानका कर्मचारी तिते फापरको फाइदाबारे बताउन व्यस्त हुन्छन् तर कर्मचारीले जति बुझाउन खोजे पनि उपभोक्ताको रोजाइँमा पर्दैन तिते फापर । संस्थानका अनुसार सिमी एक क्विन्टल बिक्री हुँदा तिते फापर कसैको रोजाइँमा पर्दैन । संस्थानका शाखा प्रबन्धक भीमबहादुर थापाले हालसम्म […]

खाद्य संस्थानद्वारा सहुलियत दरमा चामल बिक्री गर्न शुरु

गोरखा, ७ असोज । नेपाल खाद्य संस्थान गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न शुरु गरेको छ । गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालार्ई लक्षित गरी संस्थानको कार्यालय पाटेचौरबाट सहुलियदरमा चामल बिक्री गर्न शुरु गरेको संस्थानका गोरखा शाखा प्रमुख नवीन बस्नेतले जानकारी दिए । संस्थानले यही भदौ २७ गते निणर्य गरी असोज […]

फर्किए विद्यार्थी, जोगिए विद्यालय

बलेवा, ७ असोज । गत शैक्षिक सत्रमा सातजना शिक्षक रहेको विद्यालयमा छजना मात्रै विद्यार्थी थिए । भएका विद्यार्थीसमेत नियमित विद्यालय नआउने गरेका कारण विद्यालय सधैं सुनसान जस्तै हुन्थ्यो । बागलुङ बजार नजीकै रहेको गणेश प्राथमिक विद्यालयमा विद्यार्थी कम भएको धेरै समय भइसकेको थियो । बागलुङ नगरपालिका–४ पाखाथरका अधिकाँश विद्यार्थी बागलुङ बजारका निजी विद्यालयमा गएपछि विद्यालय […]

सशस्त्र प्रहरीले राजमार्गको सुरक्षा गर्ने

चितवन, ७ असोज । चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ ।जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन राजमार्गमा सशस्त्र प्रहरी परिचालन गर्न लागेको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतकाअनुसार जिल्लाको जनघनत्व बढ्दै गएको र अहिले जिल्लामा रहेको प्रहरी दरबन्दीले नागरिकको सुरक्षामासमेत अपुग हुने […]

दशैँमा मासुको अभाव नहुने विभागको दाबी

काठमाडौँ, ७ असोज । यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ । केही दिनदेखि केही सञ्चार संस्थाले दशैमा मासुको अभाव हुन्छ भन्ने समाचार प्रकाशन तथा प्रसारण गरेपछि पछिल्लोपटक विभागले सो प्रतिक्रिया दिएको हो । उपत्यकामा झण्डै ३५ देखि ४० लाख मानिसको बसोबास रहेको अनुमान छ । […]