हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेटियो, दुई जना पक्राउ

कथ्मनुद । नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या गरेर शव खाडलमा लुकाइएको अवस्थामा भेट्टिएको छ। स्थानीय ४४ वर्षीय शन्तबहादुर तामाङको शव हत्या गरेर लुकाइएको अवस्थामा बिहीबार बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए। घटनामा संलग्न रहेको आरोपमा स्थानीय दुई जनालाई पक्राउ गरिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान […]

बैतडी जन्ती बस दुर्घटना : पुर्चाैडी नगरपालिकाले दियो शोक बिदा

बैतडी । बैतडीको पुर्चाैडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दुःख व्यक्त गर्दै नगरपालिकाले एक सूचना जारी गरेर शोक बिदा दिएको छ । जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ । बिहीबार राति ८ बजे पुर्चाैडी नगरपालिका–७ […]

शान्ति वार्तासँगै रुस र युक्रेनबिच ठूलो संख्यामा युद्धबन्दी र नागरिकहरू साटासाट

मस्को । रुस र युक्रेनबिच चार महिनापछि पहिलो पटक ठूलो संख्यामा युद्धबन्दी र नागरिकहरूको साटासाट भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा अमेरिकी मध्यस्थतामा दुई दिनसम्म चलेको शान्ति वार्तापछि दुवै पक्षले १५७–१५७ जनालाई स्वदेश फिर्ता पठाएका हुन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार स्वदेश फर्किएका १५७ युक्रेनीमध्ये ७ जना सर्वसाधारण छन् भने बाँकी […]

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई भूभागका थोरै स्थानहरूमा हुस्सु तथा तुवाँलो लागेको छ। देशको पहाडी र हिमाली भ(भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा र गण्डकी प्रदेशको […]

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्यरुपमा मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो । बिहीबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय […]

बैतडी जन्ती बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो, बेहुलाबेहुली सकुशल

धनगढी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप पाँच जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । बझाङको बित्थडचीर गाउँपालिका –७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दिपकराज जोशी, […]

अब बजारमा ग्यास अभाव हुँदैन : एलपी ग्यास उद्योग संघ

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले अब बजारमा ग्यास अभाव नहुने बताएको छ। संघले बिहीबार प्रेस विज्ञप्ति जारी गरी सबै उद्योगले कोटा अनुसार नै आयात गरिरहेकोले ग्यास अभाव नहुने बताएको हो। भारतका विभिन्न रिफाइनरीको मर्मत र ढुवानीमा समस्याले आयात प्रभावित हुँदा अभावको स्थिति देखिए पनि अब त्यो समस्या हटिसकेको संघले बताएको छ। ‘हाल आएर […]

बैतडी जन्तीबस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो, ४ जनाको सनाखत

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो । सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी […]

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ६ जनाको मृत्यु

बैतडी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले ६ जनाकाे मृत्यु […]

पत्रकार सम्मेलन गर्दै कांग्रेसले भन्यो : निर्वाचनपूर्व कुनै गठबन्धन हुँदैन

काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेको छ। पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार यथावत् रहेका छन्। प्रवक्ता चालिसेले पार्टी सम्पूर्ण रूपमा निर्वाचन प्रक्रियामै […]