आहा ! रारा गोल्डकपको उपाधि मनाङलाई

पोखरा । १८औं आहा ! रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो । पोखरा रंगशालामा भएको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर टाइब्रेकरमा मनाङले बाजी मार्‍यो । […]

धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १२ पुग्यो, उत्पादनमा संलग्न ७ जना पक्राउ

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा दुईसातायता विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। पछिल्लो पटक उपचारको क्रममा ईन्द्रजीत महरा, सत्रुधन मण्डल र माउसराम यादवको मृत्यु भएको हो। उनीहरुको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ। ईन्द्रजीतको धरानमा, सत्रुधनको जानकी मेडिकल शिक्षण अस्पतालमा र माउसराम यादवको घरमै मृत्यु भएको स्थानीय उमेश यादवले […]

माइक्रोसफ्टबाट बिदा भए बिल गेट्स

एजेन्सी । बिल गेट्सले र माइक्रोसफ्ट एकअर्काका पर्याय थिए । तर, अब त्यो नरहने भएको छ । बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टका अनुसार बिल गेट्स विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहन्छन् […]

भारतमा कोरोनाभाइरसबाट थप १ को मृत्यु, ८२ जना संक्रमित

एजेन्सी । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो । यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय एक पुरुषको मृत्यु भएको […]

इटालीमा कोरोनाका कारण एकै दिन २५० जनाको मृत्यु, १७ हजार भन्दा बढी संक्रमित

काठमाडौं । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन २ सय ५० जनाको मृत्यु भएको छ । एकैदिन २ सय ५० को मृत्यु भएपछि इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । थप २५ सय ४७ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या १७ हजार ६६० पुगेको छ । उपचार गराइरहेका १४ हजार […]

कोरोनाभाइरस सङ्क्रमणका कारण अमेरिकामा ‘सङ्कटकाल’ घोषणा

एजेन्सी ।  अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गरेका छन् । सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ । उक्त कदमले स्वास्थ्यसेवामा विद्यमान प्रावधानलाई खुकुलो पारिदिएको छ। यसबाट चाँडो परीक्षणको गति बढ्नेछ। कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको […]

धनुषामा विषाक्त मदिरा सेवनबाट थप ३ को मृत्यु, मृत्यु हुनेको संख्या ८ पुग्यो

जनकपुरधाम । धनुषामा विषाक्त घरेलु मदिराको सेवनबाट थप तीनको मुत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ पुगेको छ । मदिरा सेवनबाट सिकिस्त बिरामी परेका २ जनाको र शुक्रबार मदिरा सेवन गरेका थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । क्षीरेश्वनाथ नगरपालिका–२ रमदैयामा विषाक्त मदिरा […]

खरीपाटी क्वारेन्टाइन सफल बनाएकी प्रजिअ पाण्डे भन्छिन् : कालोबजारी हुन दिन्न

स्थानीय जनता र स्थानीय सरकारको समेत बिरोधको बाबजुद चीनबाट उद्धार गरी नेपाल ल्याइएका विद्यार्थीलाई सफलतापूर्वक खरीपाटी क्वारेन्टाइनमा राख्न र विवाद ब्यबस्थापन गर्न सफल भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नोभेल कोरोना भाइरस(कोभेड १९ )कोे नाममा कालोबजारी गर्नेलाई नछाड्ने चेतावनी दिएकी छन् ।  कोरोनाको त्रास देखाउदै कालोबजारी गर्नेलाई नछाड्ने उनले चेतावनी दिएकी हुन् । शुक्रवार भक्तपुर […]

प्रधानमन्त्रीलाई अझै इन्फेक्सनको जोखिम, बालुवाटारमा विशेष निगरानीमा राखिने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट ‘डिस्चार्ज’ भएका छन्। प्रधानमन्त्री ओलीलाई बालुवाटारमा बुवा मोहनबहादुर ओलीले आर्शिवाद दिएका थिए। डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले यही फागुन २१ गते बिहान करिब १० बजे प्रत्यारोपण शुरु गरेको थियो। करिब पाँच घण्टा लगाएर प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी […]

कोरोना संक्रमणका कारण स्पेनमा संकटकाल

एजेन्सी ।  कोरोना भाइरसको महामारी फैलिएपछि स्पेनले संकटकाल घोषणा गरेको छ।प्रधानमन्त्री पेड्रो साञ्चेजले संकटकाल घोषणा गरेका हुन्। उनले शनिबार दिउँसो क्याबिनेट बैठक बसेर १५ दिनका लागि संकटकालको निर्णय हुने बताए। स्पेनमा कोरोनाबाट १ सय २० जनाको ज्यान गइसकेको छ। संक्रमित हुनेको संख्या ४ हजार २ सय नाघेको छ।संकटकालीन अवस्थामा सरकारदले नागरिक र वाहनको आवतजावतमा रोक लगाउन, […]