भक्तपुर । केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को डिएसपी हुँ भन्दै ८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले भक्तपुरका एक व्यक्तिलाई पक्राउ गरेको छ। त्यसैगरी, प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको नक्कली परिचय दिँदै रकम ठगी गर्ने थप दुई जना पनि पक्राउ परेका छन्। पक्राउ परेका नक्कली डिएसपी भक्तपुरको सूर्यविनायक–२ बालकोटका ४१ वर्षीय अनिल थापा […]
समाचार
धुलिखेलमा ट्र्मा सेन्टरको सिलान्यास
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको शिलान्यास गरेका छन्। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारीअनुसार जापान सरकारको सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो। सेन्टर निर्माणका लागि जापान सरकारले तीन अर्ब दुई करोड ९६ लाख जापानी यान बराबरको आन्तरिक अनुदान […]
सरकारको भूमिकामाथि शिक्षा सरोकारवालाका गम्भीर प्रश्न
काठमाडौ । सार्वजनिक शिक्षाको गुणस्तर दिन प्रतिदिन खस्किँदै गएको भन्दै शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक, र सरोकारवालाहरूले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। शिक्षा पत्रकार समूह र काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टस् को संयुक्त आयोजनामा सम्पन्न “सार्वजनिक शिक्षामा सुधार” विषयक अन्तक्र्रियामा उनीहरूले सार्वजनिक शिक्षाको अस्तव्यस्त अवस्थाको जिम्मेवारी सरकारकै उदासिनता र कमजोर नीति रहेको निष्कर्ष निकालेका […]
‘स्वच्छ वायु लामो आयु’ विषयक वक्तृत्वकलामा महेन्द्रग्राम माविकी दुलाल प्रथम
भक्तपुर । “स्वच्छ वायु लामो आयु” भन्ने शिर्षकमा चाँगुनारायण नगरपालिकाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीबीच आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाको आयोजना एवं स्वच्छ हावा संजालको समन्वयमा मंगलबार सो प्रतियोगितामा तपादम्फोस्थित सभा हलमा सम्पन्न भएको हो । प्रतियोगितामा महेन्द्रग्राम माविकी सृजला दुलाल प्रथम भएकी छन् । दुलाललाई पछ्याउँदै आरक्षण […]
आईसीटी फोरमको अध्यक्षमा निर्मल ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्रको प्रविधि तथा सूचना क्षेत्रमा संलग्न सदस्यहरूको समुह ‘आईसीटी फोरम’को नेतृत्व निर्मल ज्ञवालीले पाएका छन् । राजनीतिमा प्रविधिको प्रभावकारी प्रयोग तथा बिचार र नेतृत्वको रक्षा गर्ने उद्देश्यले स्थापित ‘आईसीटी फोरम’ को अध्यक्षमा निर्मल ज्ञवालीलाई नियुक्त गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं फोरमका सह इन्चार्ज बिष्णु सापकोटा जुगलले जनाएका […]
सिटिइभिटीका आङ्गिक शिक्षालयहरू निःशुल्क गर्न अखिल क्रान्तिकारीको माग
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका सबै ६७ आङ्गिक शिक्षालयहरूमा यसै वर्षदेखि निःशुल्क शिक्षा लागू गर्न माग गरेको छ। संयोजक पारस राहादी मगरको नेतृत्वमा अखिल क्रान्तिकारीले सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलाई सो सम्बन्धि मागपत्र बुझाएको संगठनका नेता डिबी शाहीले […]
विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउन आवश्यक : महासचिव पोखरेल
काठमाडौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय तहमै लोकतन्त्र र गणतन्त्रको शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन्। पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र प्राप्तिपछि भएका सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण तथा शैक्षिक क्षेत्रका उपलब्धिहरूको जानकारी विद्यार्थीहरूमाझ पुर्याउनुपर्नेमा जोड दिए। उनले गणतन्त्र प्राप्तिका लागि भएको बलिदानीपूर्ण संघर्ष र त्यसबाट हासिल उपलब्धिहरूको […]
रास्वपाले माग्यो गृहमन्त्रीको राजिनामा
काठमाडौं, १३ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजिनामा माग ग्रेको छ । साथै, स्वतन्त्र आयोग गठन गरेर भिसिट भिसाबारे अनुसन्धान गर्न समेत माग गरेको छ । रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका छन् । ‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न […]
गणतन्त्र माओवादीको रगतले लेखिएको हो : पूर्वमन्त्री शर्मा
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले अरुका लागि गणतन्त्र सामान्य भए पनि माओवादीका लागि भने रगतले लेखिएको बताएकी छन् । कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मंगलबार काठमाडौंमा गरेको ‘पिसिएन सम्बाद’ कार्यक्रममा उनले गणतन्त्र माओवादीको रगतले लेखिएको बताएकी हुन् । उनले भनिन्, ‘गणतन्त्र सानो […]
युवा संघको नेतृत्व छान्न मतदान शुरु
पोखरा, १३ जेठ । पोखरामा जारी सत्तारूढ दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सहमतिको लामो प्रयास सफल नभएपछि मतदान शुरु भएको निर्विरोध निर्वाचित केन्द्रीय सदस्य रविन थापाले जानकारी गराए । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेबाट मतदान सुरु भएको हो । निवर्तमान अध्यक्ष […]











