भक्तपुर । हाल सामाजिक सञ्जालमा ‘Jholey Trend’ र ‘Expose Jholey’ नामका अभियानहरू चलेका बेला पूर्वमन्त्री महेश बस्नेतले यसको प्रतिकारमा नयाँ अभियान सुरु गर्नुपर्ने विचार सार्वजनिक गरेका छन्। बस्नेतका अनुसार विदेशीबाट संरक्षित र काठमाडौंका मेयर बालेन शाहबाट पालितपोषित समूहहरूले राजनीतिक नेतासँग फोटो तथा भिडियो खिच्नेहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अभियान चलाइरहेका छन्। उनले भने, “अब राष्ट्रवादी […]
समाचार
“न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु” लोकार्पण
भक्तपुर । दिक्षा गौरी हाडा स्मृति दिवसको अवसरमा भक्तपुरमा स्व. दिक्षा हाडाको सम्झनामा नयाँ गीत “न भेटेर माया गर्न सक्छु, न भुलेर माया मार्न सक्छु” लोकार्पण गरियो। हाडा ब्रदर्सको प्रस्तुतीमा कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक गरे। गायक लक्ष्मण पलिखेलको शब्द, दिवंगत दिक्षाका पिता राजेश हाडाको संगीत र रवि हाडाको स्वर रहेको गीतलाई गोपाल रसाइलीले संगीत […]
देउवाको बचाउमा उत्रिँदै कांग्रेसका २३ नेताले दिए संसद् पुनर्स्थापनाबाट संविधान संशोधनको विकल्प
काठमाडौं । नेपाली कांग्रेसका २३ जना नेताहरू सभापति शेरबहादुर देउवा बचाउमा उत्रिएका छन् । दुई दिनअघि नेता गुरू घिमिरेसहितले विशेष महाधिवेशन माग गरेको पृष्ठभूमिमा बुधबार संयुक्त वक्तव्य निकाल्दै २३ जना नेताले देउवाको बचाउ गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य, मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमितिका कार्यवाहक सभापति, प्रदेश सरकारका मन्त्री, जिल्ला सभापति, प्रदेशसभा सदस्य र […]
माओवादीले समाजवादी मोर्चासँग एकताको पहल गम्भीरतापूर्वक गर्ने, अरू दलसँग मोर्चाबन्दी गर्ने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले तोकिएको समयमा निर्वाचन गर्न ध्यानाकर्षण गराएको छ। बिहीबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक प्रस्तावमा सो विषय उल्लेख रहेको प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए। त्यस्तै चुनावअघि नै विभिन्न दलहरूसँगको एकताका लागि पहल गर्ने प्रस्ताव प्रचण्डले राखेका छन्। ‘विशेषगरी समाजवादी मोर्चासँग एकताको पहल गम्भीरतापूर्वक […]
नेतृत्व परिवर्तनबारे प्रचण्डले भने : महाधिवेशनसम्म सबै हल हुन्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकपछि उनले यस्तो बताएका हुन् । नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको उनको भनाइ छ । नेतृत्व परिवर्तनबारे पनि बहस भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले भने, ‘त्यो पनि छलफल […]
अध्यादेश जारी भएसँगै मतदाता नामावली संकलनको बाटो खुल्यो
काठमाडौँ । निर्वाचन आयोगलाई मतदाता नामावली संकलन गर्न बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेसँगै आयोगलाई नयाँ मतदाताको नाम संकलन गर्न बाटो खुलेको हो । यसअघिको कानुनअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो । मतदाता […]
मतदाता नामावली संकलन गर्न बाटो खुल्यो
काठमाडौ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न अध्यादेश जारी गरेपछि निर्वाचन आयोगलाई नयाँ मतदाता नाम संकलन गर्ने बाटो खुलेको छ। अघिल्लो कानुनअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो। मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ अनुसार चुनावको […]
कांग्रेसले लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता
जनकपुर । मधेस सरकारबाट कांग्रेस बाहिरिएको छ । प्रदेश राजधानी जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । मुख्यमन्त्री शतिस सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बताए । उनका अनुसार दलको बैठकमा सांसदहरूले सरकारमा नबस्न सुझाव दिए बमोजिम बैठकले निर्णय गरेको हो […]
मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा बन्द, वैकल्पिक सडक प्रयोग गर्न प्रशासनको अनुरोध
काठमाडौं । तुइनखोलामा खसेको भयंकर सुक्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा बन्द भएपछि चितवन प्रशासनले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । वैकल्पिक मार्गको रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रशासनले अनुरोध गरेको […]
वातावरण संरक्षण मञ्चद्वारा स्वच्छ वातावरणको विमोचन
भक्तपुर । दशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा वातावरण संरक्षण मञ्चले विशेष कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा “स्वच्छ वातावरण” नामक वार्षिक पत्रिका समेत विमोचन गरियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ईश्वर बहादुर थापाले वातावरणीय समस्या समाधानका लागि संविधानअनुकूल विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने सुझाव दिए। डा. सम्पूर्ण कक्षपतिले जनसंख्या […]











