काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको निर्वाचनमा आफू देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा रहने बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी निर्वाचन नलड्ने घोषणा सुनाउँदै शर्माले यस्तो बताएका हुन् । उनले बाँचुन्जेल क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री बन्नुपर्ने राजनीतिको यस्तो प्रवृत्ति भत्काउन जरुरी रहेको बताए । ‘आफ्नो पावरझ […]
समाचार
रबिपछि बालेनलाई भेटेर निस्किए शिशिर खनाल
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरेर रास्वपा नेता शिशिर खनाल बाहिरिएका छन् । मेयर शाहलाई भेटन् नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका थिए । उनी भर्खरै निस्किएका हुन् । आजै बालेनले रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए । रवि बाहिरिएपछि खनाल पुगेका थिए । उनी पनि […]
प्रतिनिधिसभा चुनावमा रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । सो पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने […]
बालेनसँग वार्ता सकेर निस्किएपछि रविले पत्रकारलाई उल्टै सोधे – मेरो अनुहारले के भन्छ ?
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् । बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए । सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो […]
रवि र बालेनसंगको भेटपछि कांग्रेस नेता शर्माले भने – संसद् पुनर्स्थापनाको विषयमा छलफल भयो
काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिल शर्माले संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको बताएका छन् । आज रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लगायतसँग भएको भेटपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । नेता शर्माले भने- ‘संसद् सद पुनर्स्थापना गर्दा के हुन्छ/हुँदैन भन्ने विषयमा हाम्रो छलफल केन्द्रित भयो ।’ उनले बालेनले […]
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो । बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो । तर, बिहीबार भने छापावाल सुनको मूल्य […]
पार्टी बनाउन बालेनको ‘मिडनाइट मिटिङ’, कुमार बेनको घरमा क-कसलाई भेटे ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ‘मिडनाइट मिटिङ’ गरेका छन् । बालेनले बुधबार राति विभिन्न क्षेत्रका सक्रिय व्यक्तिहरूसँग लामो छलफल गरेका छन्। ललितपुरको कुपन्डोलस्थित व्यञ्जनकार कुमार बेनको निवासमा भएको यो भेटघाटले बालेनको भावी राजनीतिक योजना प्रष्ट देखिएक छ । मेयर बालेनको सचिवालय स्रोतका अनुसार यी भेटघाटहरू प्रत्यक्ष निर्वाचन लड्न सक्ने सम्भावित पात्रहरूसँग […]
मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु
विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो । उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् । विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ […]
बस र लरी ठोक्किँदा कर्नाटकमा ११ जनाको मृत्यु
काठमाडौँ । भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ। बिहीबार बिहान २ बजे बेंग्लुरूदेखि गोकर्ण जाँदै गरेको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको ट्रक ठोक्किएको थियो। दुर्घटनामा २४ जना घाइते भएको बिबिसीले जनाएको छ। ठक्करपछि बसमा आगो लागेको थियो। बसमा ३२ यात्रु सवार थिए। हालसम्म ११ शवको पहिचान भएको र […]
आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा […]











